हरपल चामलको १६ वर्षे नेपाल यात्रा

काठमाडौं । हरपल चामल नेपालमा बिक्री शुरुवात भएको १६ वर्ष प्रवेश गरेको छ । नेपालको आधिकारिक बिक्रेता हरपल फुड्स प्रा.लि.ले नेपालमा हरपल चामलको बिक्री वितरण सुरु गरेको १५ वर्ष पुरा भइ १६ वर्ष प्रवेश गरेको हो ।

भारतमा ५० वर्षदेखि उत्पादन हुँदै आइरहेको हरपल ब्राण्डको चामललाई नेपालमा हरपल फुड्सले १६ वर्ष अगाडि भित्र्याएको हो । हरपल चामल बिक्री वितरणको १६ वर्ष प्रवेशको अवसरमा हरपल फुड्स प्रा.लि.ले आम उपभोक्ताहरु लगायत होलसेल तथा खुद्रा व्यवसायीहरुप्रति हार्दिक कृतज्ञता तथा आभार व्यक्त गरेको छ ।

खाडी मुलुक, अमेरिका र युरोप गरी करिब दुई दर्जन भन्दा बढी राष्ट्रमा उपलब्ध भइरहेको ग्यालेक्सी ब्राण्डका हरपल चामलहरु नेपाली बजारमा निरन्तर लोकप्रिय रहेको प्रा.लि.का अध्यक्ष जनकबहादुर धामीले बताए । नेपालमा देशभरका मुख्य शहरमा यो चामल पुगिसकेको छ । हरपललाई गाउँगाउँसम्म पनि पुर्याउने तयारी भइरहेको उनले बताए ।

footwear zone

हरपल ब्राण्डका चामल अन्तर्गत हरपल रिच राइस २० केजी र ५ केजी, हरपल उसिना २० र ५ केजी, ग्यालेक्सी जम्बो बासमती चामल ५ केजी र १ केजीको प्याकमा नेपाली बजारमा उपलब्ध छ । पसन्द लङग्रेन बासमती २० केजी र ५ केजीको प्याकमा, पसन्द उसिना बासमती २० केजी र ५ केजीको प्याकमा बजारमा उपलब्ध रहेको प्रवन्धक तारामान धामीले जानकारी दिए ।

नेपाली बजारमा उपभोक्ताको माग अनुसार हरपल फुड्सले हरपल ब्राण्डका चामलको स्तरीयतामा निरन्तर सुधार गर्दै आइरहेको धामी बताउँछन् । ‘बजारको माग र उपभोक्ताको चाहना अनुसारको उत्पादन उपभोक्तामाझ पु¥याउन सफल छौं,’ उनले भने, ‘लामो समयको व्यावसायिक अनुभवले पनि बजारको माग सम्बोधन गर्न सिकाएको छ ।’

हरपल फुड्स प्रा.लि.ले जिरा मसिनो चामलमा दिपम ब्राण्ड र शुभ मालिका ब्राण्डमा पनि चामल उपलब्ध गराउँदै आइरहेको छ । शहरदेखि गाउँसम्म आम उपभोक्ताहरुको आवश्यकता र चाहनालाई मध्यनजर गरी दिपम र शुभ मालिका ब्राण्डको चामल २५ केजी प्याकमा बजारमा उपलब्ध गराइरहेको उनले बताए ।

You might also like

Comments are closed.