काठमाण्डौं । शुक्रबार काठमाण्डौंमा ‘हर्ष वेभ शो नेपाल’ सम्पन्न भएको छ । रियल इभेन्ट म्यानेजमेन्टको आयोजना, नलेक्स र जिनियस विजलाईफको सहआयोजनामा कमलादीस्थित नेपाल पज्ञा प्रतिस्ठानमा भएको ‘द हर्ष वेभ नेपाल’ प्रशिक्षण कार्यक्रम भब्यरुपमा सम्पन्न भएको हो ।
आम सर्वसाधरणलाई पारिवारिक तथा व्यावसायिक जीवनमा सफलता प्राप्त गर्नका लागि आयोजित प्रशिक्षण कार्यक्रममा उद्योगी, व्यवसायी, विद्यार्थी तथा आम सर्वसाधरणको उपस्थिति रहेको आयोजकले जनाएको छ । उक्त कार्यक्रममा भारतीय प्रशिद्ध ‘मोटिभेस्नल’ वक्ता हर्षवर्धन जैनले प्रशिक्षण दिएका थिए ।
जैनले राखेको व्यवसायीक तथा पारिवारीक जीवनमा सकरात्मक परिवर्तन ल्याउने खालका विषयका प्रस्तुतीले थप उर्जा मिलेको कार्यक्रमका सहभागीहरुले प्रतिक्रिया दिएका छन् ।

भारतका प्रशिद्ध प्रशिक्षक, मोटिभेस्नल स्पिकर, भविष्यवादी विचार वक्ताका रुपमा आफ्नो छवि बनाएका जैन सोही कार्यक्रमाका लागि पहिलो पटक गत बुधबार नेपाल आएका थिए । कार्यक्रममा नबिल बैंकका पूर्व प्रमुख कार्यकारी निर्देशक अनिल केशरी शाहले प्रेरणात्मक भनाईहरु राखेका थिए ।
आफूरुले आयोजना गरेको ‘द हर्ष वेभ शो’ प्रशिक्षण कार्यक्रम नेपालकै ठूलो कार्यक्रम रहेको कार्यक्रम संयोजक बलिराम यादवले दावी गरे । उनले भने, ‘आज हामीले सोचेभन्दा राम्रो कार्यक्रम गर्न सफल भएका छौं । यस्ता खालको अर्को कार्यक्रम छिट्टैनै घोषणा गर्नेछौं ।’ उनले कार्यक्रममा सहभागीको उपस्थितीले नेपालमा ‘लर्निङ कल्चर’को विकास हुने क्रममा रहेको आफूहरुले पाएको बताए ।
कार्यक्रममा एक हजार पाँच सय बढीको सहभागिता रहेको कार्यक्रम संयोजक यादवले जानकारी दिए । साथै उनले कार्यक्रमलाई सफल बनाउन सहयोग पुर्याउने सहभागी, प्रशिक्षक, विज्ञानदाता तथा आफ्नो टिमलाई धन्यवाद व्यक्त गरेका छन् ।




Comments are closed.