काठमाडौं । हंगेरी सरकारद्वारा नेपाल सरकारलाई कोभिड स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको छ । सो अवसरमा हंगेरी गणतन्त्रका महामहिम राजदुत श्री आन्द्रेस किरालीले स्वास्थ्य मन्त्रालयका सचिव डा. रोशन पोखरेललाई उक्त स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका हुन् ।
“हंगेरीका जनताद्वारा प्राप्त स्वास्थ्य सामाग्रीले नेपालमा कोभिड १९ विरुद्ध अग्रपंक्तिमा रहि काम गर्ने व्यक्तिहरुका लागि सहयोगी सिद्ध हुने अपेक्षा राखेका छौं , ” नेपाल स्थित हंगेरीको अवैतनिक महावाणिज्य दुतावासद्वारा जारी विज्ञप्तीमा भनिएको छ ।






Comments are closed.