गाउँपालिका अध्यक्षद्वारा स्वास्थ्य चौकी भवन शिलान्यास

स्याङ्जा । स्याङ्जाको आँधीखोला गाउँपालिका वडा नं ४ बाङसिङमा सुबिधासम्पन्न स्वास्थ्य चौकी भवनको शिलान्यास गरिएको छ । एक कार्यक्रमका बीच आँधीखोला गाउँपालिका अध्यक्ष सुधिर कुमार पौडेलले आज उक्त भवनको शिलान्यास गरेका हुन् । लामो समयको प्रतीक्षापछि वडामा स्वास्थ्य चौकी भवन निर्माणको शिलान्यास भएपछि स्थानीयले खुसी व्यक्त गरेका छन् ।

भवन शिलान्यासका प्रमुख अतिथि समेत रहनु भएका जनताहरूका आधारभूत तहको आवश्यकता स्वास्थ्य सेवा र सुविधा प्राप्त गर्नु रहेकोले यो सेवा प्रदान गर्न आफ्नो र गाउँपालिकाबाट कुनै कसर बाँकी नराख्ने गाउँपालिकाका अध्यक्ष सुधिर कुमार पौडेलले बताए । वडामा मेनपावर भएपनि भौतिक पूर्वाधार र उपकरण नुहुँदा यहाँका बासिन्दा अलि ठूलो स्वास्थ्य समस्या हुनेबित्तिकै पोखरा वा सदरमुकाम स्याङ्जा जानुपर्ने बाध्यता हटेर अब आफ्नै ठाउँमा सेवा लिन पाईने गाउँपालिका अध्यक्ष पौडेलको भनाई छ ।

भवन निर्माणका लागि रु २ करोड १० लाख टेन्डर गरिएकोमा करिब २५ प्रतिशत ठेक्का घटेर रु १ करोड ५७ लाख मा सुन्दर निर्माण सेवा देउराली(४ कास्कीले भवन निर्माण कार्यको जिम्मा लिएको गाउँपालिका कार्यालयले बताएको छ । निर्माण कम्पनीसँग २०७७ माघमा सम्झौता भएको र यसै आर्थिक वर्षको अन्त्य सम्म पूर्ण रूपमा सम्पन्न हुने गाउँपालिकाका इन्जिनियर प्रकाश पौडेलले बताए ।

footwear zone

आँधीखोला गाउँपालिकाका वडा नं ४ का वडाध्यक्ष चिन्तामणि पौडेलको अध्यक्षता सम्पन्न भएको शिलान्यास कार्यक्रमको सञ्चालन स्वास्थ्य कर्मी शंकर पौडेलले गरेका थिए । शिलान्यास कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष शर्मिला देवी पौडेल, प्रमुख प्रशासकीय अधिकृत शेषकान्त पौडेल, कार्यपालिका सदस्य जमुना पौडेल, लगायत टोल विकास संस्थाका पदाधिकारी, स्थानीय बुद्धिजीवी, र समाज सेवीको उपस्थिति थियो ।

You might also like

Comments are closed.