हेभी इक्यूपमेन्ट व्यवसायी संघ गण्डकी प्रदेशमा निश्चल, कास्कीमा कोइराला

पोखरा । कास्की हेभी इक्युपमेन्ट व्यवसायी संघको ७ औं वार्षिक साधारण सभा तथा चौथो अधिवेशन सम्पन्न भएको छ । चौथो अधिवेशनबाट बालकृष्ण कोइरालाको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति सर्वसम्मत निर्वाचित भएका छन् ।

सर्वसम्मत निर्वाचित हुनेहरुमा वरिष्ठ उपाध्यक्ष रामचन्द्र तिमिल्सिना, उपाध्यक्ष बलराम त्रिपाठी, सचिव भिम के.सी., सहसचिव बामदेव पौडेल, कोषाध्यक्ष सुमन लामिछाने, सह–कोषाध्यक्ष सावित्री गुरुङ पुन रहेका छन् । यस्तै सदस्यहरुमा उमानाथ आचार्य, टंक प्रसाद बराल, धर्म गुरुङ, रवि बराल, चन्द्रकान्त ढुङ्गाना, सुवास ढकाल, प्रकाश त्रिपाठी, सुजन भट्टराई सर्वसम्मत निर्वाचित भएका छन् ।

अधिवक्ता मदन प्रसाद तिवारी संयोजक, लिलाधर बराल र लिलामोहन कुइकेल सदस्य रहेको निर्वाचन समितिले निर्वाचन प्रक्रिया सम्पन्न गरेको थियो । हेभी इक्युपमेन्ट व्यवसायी संघका केन्द्रिय अध्यक्ष प्रेमलाल श्रेष्ठले उद्घाटन गरेको कार्यक्रममा बोल्दै विशिष्ट अतिथि कास्कीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले प्राकृतिक प्रकोपमा आइपरेका विपदहरुमा सहयोग गर्दै आएकोमा हेभी इक्युपमेन्ट व्यवसायीहरु प्रति धन्यवाद व्यक्त गर्दै व्यवसायीहरुमा रहेको गुण्डागर्दीबाट हुन सक्ने सुरक्षा चिन्तामा शान्ति सुरक्षा दिन प्रशासन सक्षम रहेको बताएका थिए । समृद्ध नेपाल सुखी नेपाली अभियानलाई सार्थकता प्रदान गर्न निजी क्षेत्र र राज्य बीच सहकार्यले निरन्तरता पाइरहनु पर्ने प्र.जि.अ. आचार्यले बताए ।

footwear zone

जिल्ला ट्राफिक कार्यालय कास्कीका प्रमुख इन्स्पेक्टर अमृत बहादुर बस्नेतले ट्राफिक नियम उल्लंघनलाई नियमन गर्नुपर्ने ट्राफिकको कर्तव्य रहेको बताए । उद्घाटन सत्रमा लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष छत्रधर आत्रेय, पोखरा उद्योग वाणिज्य संघका कोषाध्यक्ष बलराम आचार्य, हेभी इक्युपमेन्ट कास्कीका पूर्व अध्यक्ष लिला कुंइकेल, निर्माण व्यवसायी संघ कास्कीका अध्यक्ष सुरेश श्रेष्ठ, गण्डकी क्रसर उद्योग संघका अध्यक्ष सुरेन्द्र त्रिपाठी, निर्माण व्यवसायी गण्डकीका टंक बराल महासंघका केन्द्रीय सचिव महेशराज पौडेल, वरिष्ठ उपाध्यक्ष उमाकान्त शर्मा, केन्द्रीय निवर्तमान अध्यक्ष तारा बहादुर कुँवर लगायतले हेभी इक्युपमेन्ट व्यवसायीहरुको समस्या र चुनौतीका बारेमा प्रकाश पार्दै अधिवेशन सफलताको शुभकामना व्यक्त गरेका थिए ।

कास्की हेभी इक्युपमेन्ट व्यवसायी संघका अध्यक्ष निलकण्ठ पोखरेल (निश्चल)को सभापतित्वमा आयोजित कार्यक्रमको सञ्चालन संघका उपाध्यक्ष रामचन्द्र तिमिल्सिनाले गरेका थिए । व्यवसायीहरुको कास्कीमा आयोजित भेलाले निलकण्ठ पोखरेलको अध्यक्षतामा गण्डकी प्रदेश समिति गठन भएको जनाइएको छ । उक्त समितिमा प्रकाश लामिछाने सचिव चयन भएका छन् ।

You might also like

Comments are closed.