कास्की हेभी इक्विपमेन्ट व्यवसायी संघको आठौं साधारणसभा आज

पोखरा । कास्की हेभी इक्विपमेन्ट व्यवसायी संघ पोखराको आठौं वार्षिक साधारणसभा आज हुँदैछ । न्युरोडस्थित सिटी स्वायर बैंक्युटमा साधारणसभा हुने अध्यक्ष बालकृष्ण कोइरालाले जानकारी दिए ।

साधारणसभाको सम्पूर्ण तयारी पुरा भएको सचिव भीम के.सी.ले जानकारी दिए ।

पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यको प्रमुख आतिथ्यतामा कार्यक्रम हुनेछ ।

footwear zone

पछिल्लो समय हेभी इक्विपमेन्ट व्यवसायीहरु आर्थिक मन्दीको चपेटामा परिरहेको परिवेशमा आयोजना हुने साधारणसभामा अबको व्यावसायिक रणनीति तथा समसामयिक विषयमा छलफल हुने बताइएको छ ।

 

You might also like

Comments are closed.