काठमाडौं । नेपाल हेभी इक्विपमेन्ट मेकानिकल व्यवसायी संघको रक्तदान कार्यक्रम शनिबार सम्पन्न भएको छ ।
ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा शनिबार सम्पन्न भएको उक्त रक्तदान कार्यक्रममा १ सयभन्दा बढीले रक्तदान गरेका थिए ।
उक्त कार्यकक्रमा प्रखुख अतिथिमा ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन रहेका थिए ।
महर्जनले कार्यक्रमा बोल्दै सवारी साधन एकै स्थानमा र्ममत गर्नका लागि आवश्यक अअटोल्यान्डको स्थापनाका लागि नगरपालिकाले पहल गर्ने बताएका थिए ।

महर्जनले हेभी इक्विपमेन्ट लगायतका सवारीबाट देशको विकास निर्माणमा सहयोग पुगेको बताउदै आगामी दिनमा यो व्यवसायलाई अझै मर्यादित बनाउनका लागि सहयोग गर्ने र युवाहरुलाई समेत यो पेशामा आकर्षित गर्नुपर्ने बताएका थिए । यातायात व्यवसायी राष्ट्रिय महासंघका यादवलाल श्रेष्ठले व्यवसायीको हितका लागि सबैले मिलेर कार्य गर्नुपर्ने बताए ।
हेभी इक्विपमेन्ट मेकानिकल व्यवसायी संघका अध्यक्ष नेत्र बहादुर अधिकारीले आगामी दिनमा सबैसँग मिलेर यो व्यवसायलाई अझै प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरे ।नेपाल अटो मेकानिक्स व्यवसायी संघका अध्यक्ष ठाकुरप्रसाद न्यौपानेले अटोल्यान्ड स्थापनाका लागि नगरपालिकाको महत्वपूर्ण भूमिका हुने भएकाले आगामी दिनमा सबै मिलेर कार्य गर्नुपर्ने बताएका थिए ।
नेपालमा विभिन्न निर्माण क्षेत्रमा प्रयोग हुने एस्काभेटर, ब्याकहो लोडर, रोलर, कम्प्याक्टर आदि हेभी इक्विपमेन्टको मर्मत कार्यमा संलग्न व्यवसायीहरु मिलेर २०७७ माघ २५ गते नेत्रबहादुर अधिकारीको अध्यक्षतामा हेभी इक्विपमेन्ट मेकानिकल व्यवसायी संघको गठन भएको थियो । पछि २०७८ पुस १० मा सम्पन्न प्रथम अधिवेशनद्वारा अधिकारीकै अध्यक्षमा नयाँ समिति बनेको थियो ।





Comments are closed.