विद्यार्थीलाई स्कुल ब्याग र स्टेसनरी सहयोग

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको चौतारा नगरपालिका ४ कुविण्डेस्थित श्री सेतीदेवी पञ्चकन्या माविको वार्षिकोत्सवको अवसरमा विद्यालयका विद्यार्थीलाई स्कुल व्याग तथा स्टेसनरी सहयोग गरिएको छ ।

लायन्स क्लब्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ ए २ अन्तर्गतको लायन्स क्लब अफ काठमाडौं न्यु स्मार्ट सिटी र लायन्स क्लब अफ काठमाडौं न्यु ग्रिनसिटीको आयोजनामा कार्यक्रम भएको हो ।

विद्यालयका पूर्व विद्यार्थी स्व. भीमप्रसाद शर्मा र बालकृष्ण शर्माको सम्झनामा उनका पिता कृष्णप्रसाद शर्माको हातबाट विद्यालयका बालबालिकाहरुलाइ स्कुल ब्याग र स्टेसनरी बितरण गरिएको लायन्स क्लब अफ काठमाडौं न्यु स्मार्ट सिटिकी संस्थापक अध्यक्ष तथा कार्यक्रम संयोजक संगिता शर्माले जानकारी दिइन् ।

footwear zone

विभिन्न जिल्लाको विकट गाउँमा अनाथ, आर्थिक अवस्था कमजोर भइ शिक्षाबाट बन्चित बालबालिकाहरुको लागि आगामी दिनमा पनि स्टेसनरी तथा स्कुल ब्याग बितरण कार्यक्रम गरिने उनले बताइन् ।

You might also like

Comments are closed.