सिन्धुपाल्चोक । पाँचपोखरी थाङपाल गाँउपालिका–३ भोताङका रामे तामाङको उपचारका लागि विभिन्न देशमा रहेका नेपालीले रु छ लाख १० हजार सहयोग गरेका छन् ।
लामो समयदेखि फोक्सो र मुटुका बिरामी ५८ वर्षीय तामाङ पूरै अक्सिजनको भरमा मात्र बाँचिरहेको उनको परिवारले जनाएको छ ।
उनको उपचारका लागि बेलायतमा दामी तामाङको नेतृत्वमा र इजिप्टमा पिङ्की तामाङको नेतृत्व तथा वडाध्यक्ष ङिमाछिरिङ तामाङको समन्वयमा उक्त रकम संकलन गरी हस्तान्तरण गरिएको छ ।

अहिलेसम्म उपचारमा रु नौ लाख खर्च भएको तथा अब खर्च धान्ने अवस्थामा परिवार नरहेकाले सहयोग संकलन थालिएको वडाध्यक्ष तामाङले बताए । बेलायतबाट रु चार लाख १० हजार र इजिप्टबाट रु दुई लाख सहयोग प्राप्त भएको हो ।




Comments are closed.