मिर्गौला पीडितलाई १३ लाख सहयोग

 

बलेवा ।मालिका सेवा समाज बागलुङले यहाँको विपन्न परिवारका मिर्गौलापीडित सन्तोष किसानको उपचारका लागि करिब रु १३ लाख सहयोग गरेको छ । जिल्लाको बागलुङ नगरपालिका–५, मालिकाका मिर्गौलापीडित सन्तोषको उपचारका लागि समाजले सङ्कलन गरेको नगद रु १२ लाख ७३ हजार ७१८ सहयोग गरेको हो ।

समाजका संरक्षक तथा पूर्वराज्यमन्त्री रामजीप्रसाद शर्मा र समाजका अध्यक्ष दुर्गा कुँवरले सो रकम बिरामीका दाजु नवीन किसानलाई एक कार्यक्रमकाबीच बुधबार हस्तान्तरण गरे ।

footwear zone

समाजका कोषाध्यक्ष दुर्गा केसीका अनुसार उक्त रकम मालिका सेवा समाज बागलुङबाट रु तीन लाख ३६ हजार १५१, मालिका सेवा समाज पोर्चुगलबाट रु एक लाख २७ हजार ४७०, युकेबाट रु एक लाख ८५ हजार ९२०, कोरियाबाट रु एक लाख ५३ हजार ९११, दुबईबाट रु एक लाख ३० हजार, कतारबाट रु ८९ हजार ८५२, साउदी अरबबाट रु ८२ हजार ११०, भारतबाट रु ५८ हजार ३०४, स्थानीय समन्वयबाट रु ९० हजार र मालिका वडा कार्यालयबाट रु २० हजार नगद सहयोग प्राप्त भएको हो ।

You might also like

Comments are closed.