हिरोको लोकप्रिय प्रिमियम एक्स्ट्रिम १६० आर र हंक १६० आर नेपाली बजारमा

काठमाडौं । मोटरसाइकल र स्कूटरको विश्वको सबैभन्दा ठूलो निर्माता हिरो मोटोकर्पले नेपालमा दुई नयाँ प्रिमियम मोटरसाइकल सार्वजनिक गरेको छ । हिरो एक्स्ट्रिम १६० आर र हीरो हंक १६० आर नेपाली बजारमा सार्वजनिक भएका हुन् । हिरोका लागि नेपालको एकमात्र आधिकारिक वितरक नेपाल जनरल मार्केटिङ प्रालिले यी बाइक नेपाली बजारमा भित्र्याएको हो ।

मोटरसाइकलले आराम र नियन्त्रणको सर्वोत्कृष्ट मिश्रण शक्तिपूर्ण अवस्थितिसहित पर्फमेन्स, स्पोर्टिनेस र अन्य विशेषताहरूको एक अतुलनीय मिश्रण प्रदान गर्ने कम्पनीले जनाएको छ । ‘एक्स्ट्रिम १६० आर, एक नयाँ–हंक १५० आरको साथ आएको छ, जुन नयाँ युगको स्टाइलको साथ बेजोड सवारी सञ्चालन (राइडिङ) अनुभव प्रदान गर्न डिजाइन गरिएको हो,’ कम्पनीले भनेको छ, ‘दुवैै नयाँ मोटरसाइकलले नेपालका युवाको आकांक्षा पूरा गर्नेछ भने पर्फमेन्स, स्टाइलिङ र भिन्न आकर्षणको गतिशील संयोजन प्रदान गर्दछ ।’

एक्स्ट्रिम१६० आर र हंक १५० आर देशभरिका हिरो मोटोकर्पका शोरूममा उपलब्ध भएका छन् । एक्स्ट्रिम १६० आरको ३ लाख ३९ हजार रुपैयाँ (सिंगल च्यानल एबीएसका साथ डबल डिस्क) को आकर्षक मूल्यमा उपलब्ध हुनेछ भने जब हंक १५० आरको मूल्य २ लाख ७९ हजार ५ सय रुपैयाँ (सिंगल च्यानल एबीएसको साथ डबल डिस्क) को मूल्यमा मूल्य पर्नेछ ।

footwear zone

यी दुवै मोडल नेपाली बजारमा उपलब्ध भएपछि प्रतिक्रिया दिदै हिरोमोटोकर्पका ग्लोबल बिजÞनेसका प्रमुख संजय भानले विश्वभरका ग्राहकका लागि वर्गीय रूपमा अग्रणी र बजारमा सान्दर्भिक सम्बन्धित उत्पादनहरू ल्याउने कम्पनीको निरन्तरको प्रयास रहँदै आएको बताए । ‘यी दुई नयाँ उत्पादनहरूको साथ, हामी हाम्रा शीर्ष प्रिमियम मोटरसाइकलहरू नेपालमा ल्याइरहेका छौं र यहाँका ग्राहकहरूले दुवैै उत्पादन मन पराउने गर्नेछन भन्नेमा हामी विश्वस्त छौं,’ उनले भने, ‘एक्सट्रिम १६० आरले थुप्रै विश्व बजारमा राम्रो प्रदर्शन गरेको छ र हामी यसले नेपालमा पनि राम्रो प्रदर्शन गर्ने आशा गर्दछौं । हंक १५०आर विशेष रूपमा केही विशेष फस्र्ट–इन–क्लास विशेष्ताहरूको साथ नेपाली बजारका लागि विकसित गरिएको छ । दुवै मोटरसाइकलले हामीलाई ग्राहकहरूको आकांक्षा पूरा गर्न सक्षम तुल्याउनेमा हामी विश्वस्त छौं ।’

हिरो मोटोकर्पले सन् २०१० मा नेपालमा नेपाल जनरल मार्केटिङ प्रालि (एनजीएम)लाई एकमात्र आधिकारिक वितरक नियुक्त गरी यहाँ कारोबार विस्तार गरेको हो । यो कम्पनीले आफ्ना ७२ डिलरहरू, ८२ सर्भिस सेन्टरहरू र १०० भन्दा अधिक स्पेयर पार्टस्का बिक्री केन्द्रहरूसहित आफ्नो तीव्र रूपमा विस्तारित २५० भन्दा बढी टच–प्वान्टहरूको सञ्जालमार्फत आफ्ना ग्राहकहरूलाई सेवा पु¥याउँदै आएको छ ।

नेपालमा उपलब्ध हिरो मोटोकर्पका उत्पादनहरूमा एचएफ डिलक्स, स्प्लेन्डर प्लस, स्प्लेन्डर आईस्मार्ट ११०, सुपर स्प्लेन्डर, ग्ल्यामर, हंक १५० आर, एक्स्ट्रिम १६० आर, एक्स्ट्रिम २०० आर मोटरसाइकलहरू र प्लेजर, डुएट, मास्ट्रो एज, डेस्टिनी १२५ स्कूटरहरू छन् ।

हिरो एक्स्ट्रिम १६० आर

स्पोर्टिनेस र वास्तविक–विश्व प्रदर्शनको लागि मानक तय गर्दै नयाँ एक्स्ट्रिम १६० आर, १६० सीसी एयर कुल्ड बीएस–सिक्स मापदण्डको इन्जिनको साथ आएको छ । जुन एक्ससेन्स प्रविधि र उन्नत प्रोग्राम्ड–फ्युल–इन्जेक्सनद्वारा सञ्चालित छ । यो ईन्जिनले १५ बीएचपी ८५०० आरपीएमको प्रभावशाली पावर आउटपुट प्रदान गर्दछ । तीव्र गतिका वर्गमा ‘द्रूत लेन’मा समावेश हुँदै यसले ४.७ सेकेन्डमा ०–६० किमी÷प्रतिघण्टाको गति प्रदान गर्दै यो मोटरसाइकल यस वर्गकै ‘पावर–टु–वेट–रेसियो’मा उत्कृष्ठमध्येको एक बनेको छ, यसका लागि यसको १३८.५ केजीको कम कर्ब–वेटको लागि धन्यवाद ।

असाधारण ह्यान्डलिङ
नयाँ एक्स्ट्रिम १६० आरमा सडकका लागि ईन्जिनियर्ड एर्गोनोमिक्सको साथ कमान्डिङ राइडिङको अनुभूति पाइन्छ । हल्का सशक्त डायमण्ड फ्रेम सेटअपले सडकहरूमा असाधारण ह्यान्डलिङ प्रदान गर्दछ, जसले यसलाई सोही समयमा ‘कर्नर ह्याप्पी’ मेसिन बनाउँदछ ।

३७ मिमी टेलिस्कोपिक फ्रन्ट फोक्र्स र सात तहको समायोजनयोग्य रियर मोनो–सक सस्पेन्सन सेटअप सहरी चुस्ती÷स्फूर्तिका लागि तयार गरिएको छ, जसले सटिक ह्यान्डलिङ र एक सुस्पष्ट सवारी प्रदान गर्दछ । २७६ मिमी फ्रन्ट पेटल डिस्क र २२० एमएम पछाडिको पेटल डिस्क ब्रेकले सवारी चालक सधैं पूर्ण नियन्त्रणमा हुने र रोक्न सकिने शक्तिप्रति विश्वस्त हुन्छन् भन्ने सुनिश्चित तुल्याउँछ । १६५ मिमि ग्राउन्ड क्लियरेन्सले सवारी बाधामुक्त भएको सुनिश्चित गर्दछ ।

फस्र्ट–इन–सेगमेन्ट विशेषता

नयाँ एक्सट्रिम १६० आर ‘फस्र्ट–इन–सेगमेन्ट’मा सबै एलईडी प्याकेजको साथ आवद्ध तुल्याइएको छ, अगाडि एलईडी डीआरएलको साथ पूर्ण एलईडी हेडल्याम्पदेखि, ह्याजार्ड स्विचको साथ एलईडी इन्डिकेटरहरू र पछाडि एच सिंग्नेचरयुक्त एलईडी टेल लैम्पसम्म यसमा सामेल छन् । इन्भर्टेड पूर्ण डिजिटल एलसीडी डिस्प्लेसँगै फस्र्ट–इन–सेगमेन्ट, साइड स्ट्यान्ड ईन्जिन कट अफले मोटरसाइकल प्राविधिक रूपमा उन्नत र सुरक्षित दुवै छ भन्ने कुरा सुनिश्चित गर्दछ ।

हेड टर्नर पर्ल सिल्भर व्हाइट, भाइब्रन्ट ब्लू, स्पोर्टस् रेडका तीन जीवन्त रंग संयोजनमा उपलब्ध छ ।

हिरो हंक १५० आर

उत्कृष्ट सवारी र ह्यान्डलिङ

१४९ सिसीको एयर–कूल्ड इन्जिनबाट सुसज्जित, हंक १५० आरको कोर इन्जिनले १४.२ बीपीएचपी शक्ति र १२.६ एनएमको टर्क प्रदान गर्दछ । वास्तविक विश्वको पर्फमेन्स प्रदान गर्ने उद्देश्यले, सबै नयाँ हंक १५० आरमा हल्का सशक्त डायमण्ड ट्यूबलर फ्रेम प्रदान गर्दछ जसले कुनामा र सिधा सडकहरूमा सटीक ह्यान्डलिङ र स्थिरता प्रदान गर्दछ । १३०÷ ७० एमएम रेडियल रियर टायरको साथ जोडी बनाइ आवद्ध तुल्याइएको गरिएको हंक १५० आर सबै प्रकारका सडक र सवारी सञ्चालन परिस्थितिमा उत्कृष्ट सडक पकड (रोड ग्रिप) प्रदान गर्दछ ।

राइडिङ ट्रांयगललाई चुस्तता, स्थिरता र सुविधाको उत्तम सन्तुलन प्रदान गर्नेगरि सामायोजित गरिएको छ । मोटरसाइकलले वर्गकै पहिलो (फस्र्ट इन क्याटागोरी) अन्तर्गत, उत्कृष्ठ ह्यान्डलिङ तथा स्पोर्टी राइड सुनिश्चितताका लागि सात तहको समायोजनयोग्य मोनो–शक सस्पेन्सन पनि राखिएको छ । फराकिलो ३७ मिलिमिटरको बिफी फ्रान्ट फोक्र्सले एक स्थिर र भव्य राइडिङ सुनिश्चित गर्दछ ।

विशेषताहरू
मोटरसाइकलले धेरै सुरक्षाजन्य विशेषताहरूलाई समेटेको छ र वर्गकै पहिलो (फस्र्ट इन क्याटोगोरी) अन्तर्गत सुरक्षित वैकल्पिक सिंगल–च्यानल एबीएसबाट सुसज्जित छ जसले सुरक्षित बे्रकिगको सुनश्चिता गर्दछ । नयाँ एलोय व्हील डिजाइन, २७६ एमएम फ्रन्ट र २२० एमएम रियर डिस्क ब्रेक सबै किसिमका राइडिङ अवस्थाहरूमा कुशलता र तत्काल पावर रोक्नको लागि मानक विशेषताका रूपमा आएका छन् ।

उपयोगमा सहजता पहुँच प्रदान गर्नका डिजाइन गरिएको, मोटरसाइकलमा स्पोर्टी डिजी–एनालग इन्स्ट्रुमेन्ट क्लस्टरको साथ साइड स्ट्यान्ड इन्डिकेटर, ट्रिप मिटर र सर्भिस रिमाइन्डरसमेत रहेको छ । सेल्फ स्टार्ट बटन मानकको रूपमा आउँछ भने थप सुविधाका लागि ईन्जिन किल स्विच रहेको छ ।

डायनामाइक डिजाइन र स्टाइल

हंक १५ आरको आक्रामक आवारण र मस्कुलर ईन्धन ट्यांकको सानले राइडिङको व्याख्यान दिन्छ । यसको स्ट्राइकिङ अपिलमा थप्नको लागि चिसेल्ड रियर काउल, वल्फ आइ एलईडी पोजिसन ल्याम्पसहितको स्पोर्टी हेडलाइट, एलईडी लाइट गाईडसहित एलईडी टेललाईटले अन्धकारमा समेत पहिचान गर्न सजिलो बनाउँदछ । स्पोर्टी डाइनामिक ग्राफिक्सले एउटा अतुलनीय शैली प्रदान गर्ने डिजाइन लाइनहरूलाइ सक्रिय बताउाछ ।

अभिव्यक्तिको साथ रंग

हंक १५० आर तीन रंगमा उपलब्ध छ – एनएच १ ब्लाक, स्पोट्स रेड र टेक्नो ब्लू ।

You might also like

Comments are closed.