वैदेशिक रोजगारको श्रम स्वीकृति लिन अब स्वास्थ्य बीमाको प्रतिलिपि अनिवार्य

काठमाडौं । वैदेशिक रोजगारमा जानु अघि परिवारको स्वास्थ्य बीमा अनिवार्य रुपमा गर्नुपर्ने व्यवस्था लागु भएको छ । स्वास्थ्य बिमा बोर्डले यस सम्बन्धी कार्यविधि तयार पारेर कार्यान्वयनमा ल्याएको हो ।

श्रम तथा रोजगार कार्यालयले समेत यो व्यवस्थालाई लागु गर्ने गरी व्यवस्था गरिसकेको छ । वैदेशिक रोजगारमा जानु अघि श्रम स्वीकृति लिने क्रममा स्वास्थ्य बिमा परिचय पत्र अनिवार्य रुपमा कार्यालयमा बुझाउनुपर्ने निर्देशन श्रम कार्यालयले जारी गरिसकेको छ ।

वैदेशिक रोजगारमा जाने व्यक्तिहरुका लागि परिवारको स्वास्थ्य बीमा सम्बन्धी कार्यविधि–२०७८’ तयार भएर सोही कार्यविधिका आधारमा यो व्यवस्था लागु भएको स्वास्थ्य बिमा बोर्डका कार्यकारी निर्देशक डा. दामोदर बसौलाले जानकारी दिए । ‘वैदेशिक रोजगारमा जाने व्यक्तिले आफ्नो परिवारलाई स्वास्थ्य बीमामा आबद्ध गर्नैपर्ने व्यवस्था कार्यान्वयनमा आउनु राम्रो पक्ष हो,’ उनले भने, ‘वैदेशिक रोजगारमा जाने व्यक्तिको परिवारको स्वास्थ्य सुरक्षाका लागि यो व्यवस्थाले सकारात्मक योगदान पुर्याउनेछ ।’

footwear zone

विमा गर्नका लागि श्रम कार्यालयमा बोर्डबाट एक जना कर्मचारी खटिनेछन् र त्यहीँ स्वास्थ्य बिमा गर्न सकिने गरी व्यवस्था मिलाइने बोर्डका सूचना अधिकारी सोभित रिजालले जानकारी दिए । ‘वैदेशिक रोजगारमा जाने व्यक्ति र उनीहरुको परिवारको स्वास्थ्य सुविधालाई ध्यानमा राख्दै यो व्यवस्था लागु भएको हो,’ रिजालले भने ।

You might also like

Comments are closed.