स्याङ्जा फेदिखोलाको गलेम भिरमा हाइकिङ

पोखरा । “स्वास्थ र पर्यटनको लागि हाइकिङ“ भन्ने मुल नारा साथ हरेक महिनाको अन्तिम शनिबार हुँदै आएको हाइकिङको १९ औं शृङ्खला शनिबार सम्पन्न भयो । हाइकर्स क्लब नेपालको आयोजनामा स्याङ्जा फेदिखोला गाउँपालिका ४ आरुखर्क बजार देखि गलेम भिर हुँदै गलेम सम्म हाइकिङ सम्पन्न गरेको हो ।

फेदिखोला गाउँपालिका वडा नं. ४ का वडा अध्यक्ष माधब सुबेदीले आरुखर्कमा रहेको शाह बंसीय दरबारको भग्नाबसेसलाई संरक्षण गरिएको, वडा भएका पर्यटकीय स्थानहरुको पहिचान गरिएको, सर्केटारी आरुखर्क हुँदै पंचासे जाने बाटो पिच गर्ने काम भइरहेको बताए ।बिगत दुई बर्षदेखि गण्डकी प्रदेशका नयाँ नयाँ गन्तव्य हरुमा हाइकिङ संचालन गर्दै आएकोमा कोभिड महामारीले केहि समय हाइकिङ रोकिएको र अहिले अवस्था सामान्य भएको र प्रायः क्लबका सदस्यहरुले खोप लगाई सकेकोले सेनिटाइजर र माक्सको प्रयोग गरी १९ औं शृङ्खला गरिएको क्लबकी सदस्य टीका आचार्यले बताइन् ।

फेदिखोला १ सर्केटारी हुदै गलेम पञ्चासे  सडकखण्डको भिरखण्ड २ किलोमीटर ६ सय मिटर लामो रहेको र सोही स्थानमा निर्माणाधीन पार्क तथा पिकनिक स्पटको बारेमा स्थानीय युवा पर्यटन ब्यबसायी अशोक लामिछानेले बताए । क्लबका उपाध्यक्ष तथा संयोजक कृष्ण रानाभाटको नेतृत्वमा आरुखर्क पुगेको हाइकिङको समुहलाई फेदिखोला पोखरा सम्पर्क समाजका अध्यक्ष अबिलास गुरुङले स्वागत गरेका थिए ।

footwear zone

उक्त समुहले शाह वंशीय आरुखर्क राजाको दरबार भएको स्थान, शिवालय मन्दिर, आरुखर्क बजार, ढुंगे देउराली चौतारी, गलेमको भिर, भिरमा निर्माणाधीन पार्क, गलेम गाउको अबलोकन भ्रमण गरेको थियो ।

 

You might also like

Comments are closed.