काठमाडौं । नेपाली बजारमा एफएमसिजि प्रडक्ट उत्पादन तथा बिक्री वितरण गर्दै आइरहेको प्रशिद्ध ब्राण्ड हाइलाइफ फुड्सले ‘स्क्यान एण्ड विन’ अफर ल्याएको छ । हाइलाइफको चोकोज तथा कर्नफ्लेक्स किन्दा विभिन्न आकर्षक उपहार जित्न सकिने कम्पनीले जनाएको छ ।
बम्पर उपहारमा ‘प्लेस्टसन ५’ जित्न सकिनेछ । त्यस्तै हरेक दिन एक जना भाग्यशाली ग्राहकले ‘रेडमी स्मार्ट ब्राण्ड प्रो वाच’ जित्न सक्नेछन् भने हरेक हप्ता २ जनाले ‘रेडमी १२सी मोबाइल फोन’ जित्न सक्नेछन् । स्क्यान एण्ड विन उपहार योजना अन्तर्गत धेरै ग्राहकहरु लाभान्वित हुने कम्पनीले विश्वास लिएको छ ।
चोकोज अथवा कर्नफ्लेक्सको प्याकेट भित्र रहेको क्युआर कोड स्क्यान गरी यो उपहार योजनामा सहभागी हुन सकिनेछ । स्क्यान पश्चात उपलब्ध गराइएको फर्म भर्नुपर्नेछ । कुपनमा उल्लेखित कोड सोही फर्ममा सबमिट गरी उपहार योजनामा हरेक ग्राहक सहभागी हुन सक्नेछन् । बिजेतालाई एसएमएस मार्फत जानकारी गराइने कम्पनीका चिफ मार्केटिङ अफिसर सुशान्त घिमिरेले जानकारी दिए ।

‘स्क्यान एण्ड विन’ उपहार योजना जारी रहेको कम्पनीले जनाएको छ । हाइलाइफ एग्रो एण्ड फुड इन्डष्ट्रिज लिमिटेडद्वारा उत्पादित हाइलाइफ ब्राण्ड नेपाली बजारमा लोकप्रिय बनेको छ । साथै हाइलाइफ विदेशस्थित विभिन्न देशमासमेत निर्यात भइरहेको छ ।
हाइलाइफका सबै प्रडक्टहरु स्वस्थकर रहेको कम्पनीले जनाएको छ । हाइलाइफले नेपाली बजारमा एफएमसिजी ब्राण्डमा आक्रामक रुपमा बजार बिस्तार गर्न सफल छ । देशव्यापी नेटवर्कमार्फत हाइलाइफका प्रडक्ट बिक्री हुँदै आइरहेको छ ।

हाइलाइफ ब्राण्डका चिउरा, कर्नफ्लेक्स, चोकोज, ओट्स, चिया सिड्स, सोयाविन, ग्रीन टि लगायत थुप्रै प्रडक्टहरु बजारमा सर्वत्र उपलब्ध छन् । कम्पनीले चिजबल लगायतका स्न्याक्सहरु पनि बजारमा उपलब्ध गराइसकेको छ । स्न्याक्सका प्रडक्टमा पनि बजारबाट राम्रो प्रतिक्रिया प्राप्त भएको कम्पनीले जनाएको छ ।
‘विदेशी बस्तुलाई नेपालमा प्रतिस्थापन गर्ने आजको मुख्य चुनौति हो । ब्यापार घाटा र बेरोजगारी देशको ठूलो समस्या हो । देशमा रोजगारीको अभावले युवा जनशक्ति विदेश पलायन भइरहेको अवस्था छ,’ सुशान्तले भने, ‘यो विषम परिस्थितिमा देशभित्रै केही गर्नुपर्छ भन्ने उद्देश्यले हामीले कृषिमा आधारित बस्तुहरु उत्पादन गरिरहेका छौं ।’
हाइलाइफ फुड्सले गुणस्तरलाई पहिलो प्राथमिकतामा राखेको सुशान्त बताउँछन् । ‘छोटो समयमा नेपाली बजारमा लोकप्रिय बनिरहेको हाइलाइफ विदेशस्थित विभिन्न देशमासमेत निर्यात भइरहेको छ । निर्यातलाई आगामी दिनमा अझै बढाउनेछौं,’ उनले भने । कम्पनीले उपभोक्ताहरुको हितका लागि विभिन्न उपहार योजनाहरु ल्याइरहेको र आगामी दिनमा पनि यस्ता उपहार योजनालाई जारी राख्ने सुशान्त बताउँछन् ।




Comments are closed.