हिमालय एअरलाइन्सद्वारा चीनको छिङदाओमा कूटनीतिक चार्टर उडान सञ्चालन

काठमाडौं । हिमालय एअरलाइन्स्ले चीनको छिङदाओ (सिङ्ताओ) का लागि विशेष कूटनीतिक चार्टर उडान सञ्चालन गरेको छ । परराष्ट्र मन्त्रालयको विशेष अनुरोधमा परराष्ट्रमन्त्री डा. नारायण खड्कासहित चीन भ्रमणमा गएको टोलीका लागि एअरलाइन्सले चार्टर उडान गरेको हो ।

परराष्ट्र मन्त्रालयका पदाधिकारीहरूको एघार सदस्यीय प्रतिनिधिमण्डल लिएर हिमालयको एअरबस A319, 9N AJK को उडान नं. H9 ७२२० ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मंगलबार राति ११.०७ बजे बिमान मा प्रस्थान गरेको थियो । छिङदाओ लिउटिङ अन्तर्राष्ट्रिय विमानस्थलमा बिमान बुधबार बिहान ७.५५ बजेमा अवतरण भएको छ ।

छिङदाओको दुईदिने औपचारिक भ्रमणपछि साउन २६, २०७९ मा अपरान्ह ३.०० बजे H9 ७२२१ मार्फत प्रतिनिधिमण्डलका सदस्यहरु नेपाल फर्कने कार्यक्रम छ । सोहि दिन अपरान्ह ४.५० मा बिमान काठमाडौं आइपुग्नेछ ।

footwear zone

सन् २०२० मा फैलिएको कोभिड–१९ को महामारीका कारण नेपाल र चीनबीचको हवाई यात्रा दुबै देशले लागु गरेका विभिन्न यात्रा प्रतिबन्ध पश्चात ठप्प भएको थियो । यद्यपि, महामारी नियन्त्रण भएर जनजीवन सामान्यतातर्फ फर्किएपछि, हिमालयले मे ३१, २०२२ बाट चीनको कुनमिङ जाने आफ्नो निर्धारित उडान तालिका सञ्चालन गर्दै साप्ताहिक रुपमा एउटा उडानका साथ सेवा सुरु गरेको थियो ।

काठमाडौंबाट छिङदाओका लागि सीधा उडान तालिका नभएकाले एअरलाइन्स्ले आवश्यक सबै अनुमति लिएर यो विशेष चार्टर उडान सञ्चालन गरेको विज्ञप्तिमा जनाइएको छ ।

You might also like

Comments are closed.