हिमालय एअरलाइन्सद्वारा प्रयास नेपालका बाल–बालिकाको सुरुवाती व्यवसायमा सहयोग

काठमाडौं ।  हिमालय एअरलाइन्सले प्रयास नेपालसँगको “Step Towards Education” मार्फत संस्थागत सामाजिक उत्तरदायित्वप्रतिको प्रतिबद्धतालाई निरन्तर सातौं वर्षसम्म पनि सहयोग जारी राखेको छ । पहलको एक हिस्साको रूपमा, एअरलाइन्सले बैशाख २८ गते प्रयास नेपालमा आयोजित कार्यक्रममा यसवर्ष अर्थात् बि.सं. २०८० को शैक्षिक सत्रका लागि बाल–बालिकाहरूलाई विभिन्न ग्रेडका नोटबुक, रजिष्टर र शैक्षिक पाठ्यक्रम पुस्तकहरू लगायतका शैक्षिक सामग्रीहरू हस्तान्तरण गरेको थियो ।

स्वावलम्बनको बाटो पछ्याउने बालबालिकाको प्रबल इच्छाको प्रशंसा गर्दै, यस वर्ष एअरलाइन्स्ले खाना पकाउने र उद्यमशीलताको सीपलाई सुधार गर्न रेस्टुरेन्टको सुरुवाती पहल – ‘लभ एपेटाइट’ को लागि विशेष ज्ञान आदानप्रदान सत्र आयोजना गरेको थियो ।
एअरलाइन्सले आयोजना गरेको संक्षिप्त सत्रमा नेपाल एकेडेमी अफ ट्राभल एण्ड होटल म्यानेजमेन्टका प्रशिक्षक आकाश लामाले स्वैच्छिक रूपमा बालबालिका र लभ एपेटाइटका टोलीलाई भान्साको सुरक्षा, सरसफाइ, मेनु योजना (लागत, मूल्य निर्धारण रणनीति) मा केन्द्रित भई मार्गदर्शन गरे । खाना तथा भान्साको शिष्टाचार, पाक विधिको साझेदारी आदि विषयमा उनले प्रशिक्षण दिए । एअरलाइन्सको ब्रान्ड टोलीले प्रचार प्रसारको दृष्टिकोणबाट विभिन्न मार्केटिङ र ब्रान्डिङ प्रविधिहरूमा पनि प्रकाश पारेको थियो र उनीहरूलाई विशेष रूपमा डिजाइन गरिएको मेनु प्रदान गर्यो, जसले स्टार्ट–अपलाई अझ प्रभावकारी रूपमा बढ्न मद्दत गर्नेछ ।

यस कार्यमा सहयोग गर्न पाउँदा एअरलाइन्सको तर्पmबाट गौरव प्रकट गर्दै ब्राण्ड विभाग प्रमुख उज्ज्वला दलीले भनिन्– “प्रयास नेपालसँगको हाम्रो सात वर्षको सहकार्यमा बाल–बालिकाले हाम्रो “पहल” मार्फत् आफ्नो सपना पूरा गरेको देख्दा हामी साँच्चै खुसी छौं । विद्यार्थीहरू शिक्षाको पहलतर्फ र जीवनमा आत्मनिर्भर बन्न आफ्नै खुट्टामा उभिन लागिपरेका छन् । यस रेष्टुरेण्ट स्टार्टअप मार्फत् बालबालिकाले आफ्नो सिकाई र जीवनमा सम्मानका साथ अगाडि बढ्नसक्ने क्षमताको उत्कृष्ट प्रदर्शन गरेका छन् । यी उपलब्धिहरू र हरेक बालबालिकाको सपनामा देखा परेका थप सफलताप्रति हिमालय शुभकामना व्यक्त गर्दछ । सदा झैं, हिमालयले हाम्रो सामाजिक उत्तरदायित्वको मुख्य उद्देश्य पूरा गर्न सक्दो सहयोग गर्नेछ ।”

footwear zone

प्रयास नेपालका अध्यक्ष मणि जोशीले हिमालय एअरलाइन्सको निरन्तर सहयोगका लागि गहिरो प्रशंसा व्यक्त गरे र यसले बाल–बालिकाको शैक्षिक प्रदर्शनलाई मात्र नभई उनीहरूमा सिकाइप्रतिको लगाव विकास गर्न पनि मद्दत गरेको बताए । “हामी हिमालय जस्तो एअरलाइन्सलाई साझेदारीकोरुपमा पाउँदा भाग्यमानी छौं, जसले शिक्षालाई महत्व दिन्छ र आफ्नो समुदायमा सकारात्मक प्रभाव पार्न समर्पित छ । रेस्टुरेन्ट सुचारुरूपमा चलाउनका लागि यस वर्ष हाम्रा युवाहरूलाई सीप बढाउने तालिममा यहाँहरूको थप सहयोगको लागि हामी आभारी छौं ,”उनले भने ।

प्रयास नेपाल सन् २००३ मा शिक्षा, चेतना र सीपमूलक तालिमको माध्यमबाट वञ्चित बालबालिकालाई सशक्तिकरण गर्ने सोचका साथ स्थापना भएको हो । संस्थाले विगत दुई दशकदेखि नेपालका विभिन्न भागका अनाथ, परित्यक्त र शारीरिकरुपमा अशक्त बाल–बालिकाका लागि बाल गृह सञ्चालन गर्दै आएको छ ।

हिमालय एअरलाइन्स् नेपाल–चीन बीचको संयुक्त साझेदारी कम्पनीका रूपमा स्थापित अन्तर्राष्ट्रिय हो, जसको स्थापना सन् २०१४ मा भएको थियो । नेपाल र अन्य देशहरूबीच जनस्तरको सम्पर्कलाई बढावा दिनुका साथै नेपालको व्यापार र पर्यटन उद्योगलाई टेवा पु¥याउनु नै यस एअरलाइन्स्का मुख्य दुई उद्देश्यहरू हुन् । यस कम्पनीको चिनियाँ साझेदारका रुपमा तिब्बती नागरिक उड्डयन विकास तथा लगानी कम्पनी लिमिटेड (TCADIC) र स्थानीय नेपाली साझेदारका रूपमा यती वल्र्ड इन्भेस्टमेन्ट प्रा. लि. रहेका छन् ।
हिमालय एअरलाइन्स्सँग हाल ४ वटा विमानहरू छन्, तीन एयरबस ३२० – २१४ (१८० मितव्ययी सीटहरू) र एक एयरबस ३१९–११५ (१४४ मितव्ययी सीटहरू) रहेका छन् । हिमालय एअरलाइन्स्ले हाल मध्यपूर्व र दक्षिण एशियाका प्रमुख राष्ट्रहरू – संयुक्त अरब इमिरेट्स, मलेसिया, कतार, साउदी अरेबिया, कुवेत, बङ्गलादेश र चीनमा यात्रुवाहक उडानहरू सञ्चालन गरिरहेको छ ।

एअरलाइन्स्ले साउथ एशियन ट्राभल अवार्डस (SATA) २०१७ मा आफ्नो सञ्चालनको पहिलो वर्षमै दक्षिण एशियामा अग्रणी नयाँ अन्तर्राष्ट्रिय एअरलाइन्स्का रूपमा अन्तर्राष्ट्रिय पुरस्कार प्राप्त गरेको थियो । सन् २०२० मा यसले आफ्ना स्तरीय प्राविधिक व्यवस्थापनका लागि पहिलोपटक आईएसओ ९००१ः२०१५ प्रमाणीकरण प्राप्त गरेको थियो । विमान मर्मत र ईन्जिनियरिङ् सेवाहरूमा पु¥याएको उच्च व्यवस्थापन र क्षमताप्रति उक्तप्रमाणिकरण प्राप्त गरेको हो । डिसेम्बर २९, २०२१ मा एअरलाइन्स् अर्को महत्वपूर्ण आईएसओ ९००१ः२०१५ प्राप्तगर्ने नेपालको पहिलो एयरलाइन बन्यो । हवाई उडानसम्बन्धी प्रशिक्षण सेवाहरू सहित यात्रुहरू र कार्गो सेवाकालागि उच्च स्तरिय सेवा प्रदान गरे बापत उक्त प्रमाणीकरण प्राप्त भएको हो । सो प्रमाणीकरणले एअरलाइन्स्को गुणस्तरप्रतिको प्रतिबद्धता र उच्च कार्यसम्पादन तथा अभ्यासप्रतिको समर्पणलाई उजागर गर्दछ ।
सन् २०२१ को सेप्टेम्बरदेखि एअरलाइन्स्ले आफ्ना जहाजहरूमा अटोमेटेड एक्सटर्नल डेफिब्रिलेटर्स (AEDs) जडान गरेको थियो । योसँगै एअरलाइन्स् (AEDs) जडान गर्ने नेपालकै पहिलो र एक मात्र नेपाली वायुसेवा कम्पनी बनेको छ । हवाइ सुरक्षामा उत्कृष्टता हासिल गर्ने उद्देश्यका साथ अन टाइम पर्फमेन्स (OTP) र मुख्यतः आफ्ना ग्राहकहरुको सेवामा एअरलाइन्स्ले आफूलाई पहिलो छनौटको भरपर्दो एअरलाइन्स्को रुपमा स्थापित गरेको छ र दक्षिण एशियाकै अग्रणी एअरलाइन्स्का रूपमा प्रतिस्थापित हुन चाहेको छ ।

You might also like

Comments are closed.