काठमाडौं । निमोनियाका कारण नर्भिक अस्पतालमा उपचाररत ९५ वर्षीय नेपाल राष्ट्र बैंकका प्रथम गभर्नर हिमालयशम्शेर राणाको आज बिहान निधन भएको छ ।
उनको पारिवारका स्रोतका अनुसार राणामा लामो समयदेखि श्वासप्रश्वास सम्बन्धी समस्या थियो ।
दुई छोरी र छोराका पिता राणा हिमालय बैंकको संस्थापक र पूर्व अर्थ सचिव थिए ।
राणा पछिल्लो समयमा नागरिक समाजमा क्रियाशील थिए । उनको आजै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने जनाइएको छ ।



Comments are closed.