काठमाडौं । हिमालयन बैंक लिमिटेडले २ अर्ब ५० करोड रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्ने भएको छ । सात वर्षे अवधिको ऋणपत्रमा लगानीकर्ताले वार्षिक १० दशमलव ५० प्रतिशत ब्याज पाउनेछन् ।
१ हजार रुपैयाँ अंकित दरका २५ लाख इकाइ भएको ‘हिमालयन बैंक लिमिटेड बन्ड-२०८६’ निष्कासन गर्ने हिमालयनले जनाएको छ । बैंकले ऋणपत्रको बिक्री प्रबन्धकमा नबिल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेड नियुक्त भएको छ ।




Comments are closed.