अर्थतन्त्रलाई चलायमान बनाउन मेला

पूर्व अध्यक्ष, फुटवयर म्यानुफ्याक्चरर्स एसोसिएसन अफ नेपाल

मेला संयोजक, जुत्ता, चप्पल व्यापार मेला तथा प्रदर्शनी
अध्यक्ष बाग्मती हस्तकला संघ

फुटवयर म्यानुफ्याक्चरर्स एसोसिएसन अफ नेपालद्वारा आयोजित जुत्ता, चप्पल व्यापार मेला तथा प्रदर्शनी जारी छ । राजधानी काठमाडौंको भृकुटीमण्डपमा माघ २१ गतेदेखि मेला सुरु भएको हो । मेलाको वारेमा एसोसिएसनका पूर्व अध्यक्ष तथा मेलाका संयोजक होमनाथ उपाध्याय सँग गरिएको कुराकानी :

फुटवयर म्यानुफ्याक्चरर्स एसोसिएसन अफ नेपालको आयोजनामा जुत्ता, चप्पल व्यापार मेला तथा प्रदर्शनी जारी छ । मेला कहिले सम्म चल्छ ?
नेपालमा उत्पादित विभिन्न ब्राण्डका जुत्ता तथा चप्पलको प्रवद्र्धनको लागि मेला जुत्ता, चप्पल व्यापार मेला तथा प्रदर्शनी आयोजना गरेका हौं । माघ २१ गतेदेखी शुरु भएको मेला फागुन १० गतेसम्म जारी रहनेछ । आवस्यकता अनुशार समय थप पनि गर्नेर्छौ । स्वदेशी वस्तुको प्रवद्र्धन हाम्रो अभियान उद्घोषका साथ मेला आयोजना गरिएको हो ।

footwear zone

जुत्ता चप्पल खरिदमा छुटको व्यवस्था कस्तो छ ?
भारी छुटका साथ नेपाली ब्राण्डका जुत्ता, चप्पलहरु बिक्री गरिरहेका छौं । मेलाको अवसरमा २० देखि ५० प्रतिशत छुटमा स्वेदशी ब्राण्डका जुत्ता, चप्पल बिक्री भइरहेका छन् ।

उपभोक्ताको आकर्षण कस्तो छ ?
अन्तर्राष्ट्रिय ब्राण्डसँग प्रतिस्पर्धा गर्नसक्ने गरी नेपाली ब्राण्डका जुत्ता, चप्पलहरु बजारमा आउँदा उपभोक्ताहरु आकर्षित भएको हामीले पाएका छौं । विभिन्न राजनैतिक पार्टीका कार्यक्रमले मेलालाई प्रत्यक्ष असर पु¥याएका थिए । आम हडतालका कारण मेला १ दिन बन्द भयो । यस बाहेक अन्य समयमा उपभोक्ता तथा ग्राहकको उल्लेखनिय सहभागिता छ । मेला प्रति उपभोक्ताको चासो बढिरहेको छ मैले पाएको छु । उत्कृष्ट गुणस्तरका जुत्ता चप्पल नेपालमै उत्पादन भइरहेका छन् भन्ने सन्देश दिन पनि मेला सफल हुने मेरो विश्वास छ ।

मेलामा कुन कुन ब्राण्डका जुत्ता, चप्पल उपलब्ध छन् ?
मेलामा फिटराइट, ल्यान्डवाक, फस्र्टवाक÷आगास, कोशेली, रन, सुल्यान्ड, हाइलाइफ, क्रसरोड, रोयल सुज, बिएफ, डियर हिल, गोल्डस्टार, बोस सुज, भेनस, किम सुज, शिखर सुज, फुट स्टेप, पिजी, याम्बो सुज लगायतका २५ ब्राण्डका जुत्ता तथा चप्पलहरु बिक्री तथा प्रदर्शनीका लागि राखिएका छन् ।

उपभोक्तालाई के भन्न चाहनुहुन्छ ?
मेला उद्यमी र उपभोक्ताको प्रत्यक्ष भेट हुने स्थल हो । एउटै छानामुनी विभिन्न ब्राण्डका जुत्ता तथा चप्पल उपलब्ध छन् । मेला अवलोकन गर्न म सम्पुर्णमा आग्रह गर्दछु । हामीले राम्रो काम गरेका छौ भने धन्यवाद दिन र कमी तथा कमजोरी भएमा सुझाव दिन म आग्रह गर्दछु । भृकुटीमण्डपमा आएर मेलाको अवलोकन गर्न तथा आवश्यक जुत्ता, चप्पल भारी छुटमा खरिद गर्न सम्पूर्ण उपभोक्ताहरुलाई आग्रह गर्दछु ।

कोरोना महामारीका कारण व्यवसायमा प्रत्यक्ष असर परिरहेको छ, मेलालाई कसरी हेर्नुभएको छ ?
करिव १ बर्षदेखी हरेक क्षेत्र बन्द जस्तौ रहे । मेला, महोत्सव, विवाह तथा ब्रतबन्ध जस्ता कार्यक्रम पनि हुने अवस्था रहेन । अहिले केही सहज अवस्था आएको छ । मेलाले अर्थतन्त्रलाई नै चलायमान बनाउने प्रयासमा मेला आयोजना गरेका हौं । मेलाको पहिलो शुरुवता नै हामीले गरेका छौं । व्यापार तथा व्यवसायको ब्राण्डिङ र उपभोक्ताको बिचमा प्रत्यक्ष पुग्ने एउटा माध्यम पनि हो । कोभिड महामारीका कारण लामो समय पछि मेला आयोजना भएकाले पनि मेला प्रति धेरैको चासो छ ।

You might also like

Comments are closed.