देशभरका होण्डा शोरुममा अब सार्वजनिक शौचालय

काठमाडौं । देशभर रहेका होण्डा शोरुमहरुमा अबदेखि सार्वजनिक शौचालय राखिने भएको छ ।

वातावरण सफा राख्न आफ्नो ठाउँबाट योगदान पुर्याउने लक्ष्यसहित देशभर रहेका १ सय ७ वटै होण्डा शोरुममा सार्वजनिक शौचालय राख्ने निर्णय भएको हो ।

काठमाडौं उपत्यकामा मात्रै होण्डा शोरुम २० भन्दा बढी स्थानमा छन् । होण्डाका लागि नेपालको एकमात्रै आधिकारिक बिक्रेता ज्योती ग्रुप अन्तर्गतको स्याकार ट्रेडिङ कम्पनी हो ।

footwear zone

‘परिवर्तन सुरु हुन्छ हामीबाट ! त्यसैले एक स्वच्छ वातावरण निर्माण गर्ने पहलमा, अबदेखि सबै होण्डा शोरूमहरूमा निःशुल्क शौचालय उपलब्ध हुने घोषणा गर्न पाउँदा हामी गर्व गर्दछौं,’ ग्रुपका निर्देशक शौरभ ज्योतीले भने ।

You might also like

Comments are closed.