मह उत्पादन घट्यो

जाजरकोट । नलगाड नगरपालिका– १ कलपतका रामबहादुर बुढाले गतवर्ष ३ सय ५० धार्नी मह बिक्रीबाट चार लाख ५० हजार रुपैयाँ आम्दानी गरेका थिए । यसवर्ष ५० धार्नी पनि मह उत्पादन नभएकाले उनी अहिले निराश भएका छन् ।

सोही ठाउँका कालीबहादुर पुनको पनि ६० घार मौरीले यो वर्ष १० धार्नी मह पनि उत्पादन गर्न सकेन । व्यावसायिक रुपमा मौरीपालन गर्दै आएका उनी आम्दानी घटेपछि अहिले निराश छन् । बुढा र पुन उदाहरणका पात्र हुन् । अहिले जिल्लाका ३ सय ५० भन्दा बढी किसानको समस्या उस्तै छ ।

व्यावसायिक रुपमा मौरीपालन गर्दै आएका किसान मह उत्पादन घटेको बताउछन् । गत असोज कात्तिक महिनामा भएको बढी वर्षाले चिउरीलगायत अन्य फूलको रस बगाउदा जिल्लाभर मह उत्पादन घटेको भेरी नगरपालिका कृषि शाखा प्रमुख यज्ञ अधिकारीले बताए ।

footwear zone

मौरीलाई चरन क्षेत्रको अभाव, वन विनाश, अतिक्रमण, जलवायु परिवर्तनलगायत कारण मह उत्पादन घट्दै गएको उनको भनाइ थियोे । विभिन्न रोगले मौरी मर्नु, किसानलाई प्राविधिक ज्ञानको कमी हुनु, आहारा नपाएर मौरी भाग्नुलगायत समस्या पनि अर्को कारण हो । गतवर्ष प्रतिधार्नी एक हजार ५ सय मूल्य पर्ने मह यो वर्ष दुई हजार ५ सय देखि तीन हजार पुगेको छ । उत्पादन घट्दा मूल्य वृद्धि भएको हो । मह उत्पादनका लागि पकेट क्षेत्र मानिएको क्षेत्रका किसान यो वर्ष निराश भएका छन् ।

 

 

You might also like

Comments are closed.