पोखरा । एघारौं पोखरा महोत्सवमा अवलोकनका लागि आउने दर्शकहरुलाई घोडसवार गराइने भएको छ । युनाइटेड क्लबको आयोजनामा आगामी पुस २७ देखि माघ ९ गतेसम्म पोखराको अमरसिंह चौरमा हुने ११ औं संस्करणको पोखरा महोत्सवमा अवलोकनका लागि आउने दर्शकहरुलाई घोडसवार गराइने भएको हो ।
घोडसवारको माध्यामबाट महोत्सवको अवलोकन सँगै अमरसिंह नजिक रहेको पर्यटकीय गन्तब्यहरुमा पुग्न सकिने महोत्सव आयोजक संस्था युनाईटेड क्लवका संस्थापक अध्यक्ष हिमालय बख्रेलले जानकारी दिए ।
बख्रेलका अनुसार हरेक महोत्सवहरुमा नयाँपन दिँदै आइरहेको र ११ औं संस्करणको महोत्सवमा पनि घोडसवार सँगै अन्य मनोरञ्जनका गतिविधी समेत रहने बताए ।

बख्रेलका अनुसार महोत्सव अवधिभर पोखराको पचभैयामा निर्माणाधिन अवस्थामा रहेको खुल्ला चिडियाखाना (पोखरा जुलोजिकल पार्क) को अवलोकन गर्न सकिने भएको छ ।
महोत्सवको तयारी अन्तिम चरणमा पुगेको बख्रेलले बताए । महोत्सवमा स्थानिय उत्पादनको प्रदर्शनी एवं बिक्री, होमस्टेको प्रवर्द्धन, कृषि, हस्तकलाका सामग्रीको प्रवद्र्धन एवं बिक्री संगै गण्डकी प्रदेशको कला संस्कृति झल्कने प्रस्तुतीह समेत रहने महोत्सव प्रचारप्रसार संयोजक दिनेश सुनारले जानकारी दिए ।




Comments are closed.