क्राउन हिमालयज र राइनोको दसैं बम्पर प्याकेज, ‘घुमौं पोखरा र चितवन’

काठमाडौं । पोखराको लेकसाइडमा रहेको होटल क्राउन हिमालयज र चितवनमा रहेको राइनो लज एण्ड होटलले दसैंको बम्पर प्याकेज अन्तर्गत ‘घुमौं पोखरा र चितवन’ प्याकेज घोषणा गरेका छन् । होटलका सञ्चालक आग्रह अर्यालका अनुसार दसैंमा पोखरा र चितवन घुम्न चाहने आन्तरिक पर्यटकलाई लक्षित गरी यो प्याकेज ल्याइएको हो ।

४ रात ५ दिनको यो प्याकेज अन्तर्गत २ रात पोखराको होटल क्राउन हिमालयजको डिलक्स रुममा र २ रात चितवनको राइनो लज एण्ड होटलको डिलक्स रुममा बस्न सकिन्छ । प्याकेजभित्र पोखरामा दैनिक ब्रेकफास्ट,  वान नाइट बिबिक्यु पार्टी, एक बोतल वाइन, साइडसिन समावेश गरिएको छ । स्पा, फुड एण्ड वेभरेजमा १५ प्रतिशत छुटको सुविधा उपलब्ध छ । यो प्याकेजमा सहभागीले काठमाडौंमा रहेको १२ थरी मःममा १५ प्रतिशत छुट पाउनेछन् ।

त्यसैगरी सौराह चितवनमा दैनिक ब्रेकफास्ट, लन्च समावेश गरिएको छ । क्यानो राइड, हात्ती प्रजनन् केन्द्रको अवलोकन तथा नवलपरासीमा रहेको सिजी मन्दिरको दर्सनलाई प्याकेजमा समावेश गरिएको छ । फुड एण्ड वेभरेजमा १५ प्रतिशत नै छुट हुनेछ । काठमाडौंदेखि पोखरा, पोखरादेखि चितवन र चितवनदेखि काठमाडौंसम्म रोडमार्फत यात्रा गर्न सकिन्छ । दसैंमा घुम्नका लागि यो प्याकेजमा प्रतिव्यक्ति २९ हजार ९ सय ९९ रुपैयाँ लाग्ने अर्यालले जानकारी दिए ।

footwear zone

‘४ दिन ५ रातका लागि निकै सस्तो प्याकेज ल्याएका छौं,’ अर्यालले भने, ‘दसैंमा पोखरा र चितवन घुम्न चाहने आन्तरिक पर्यटकका लागि यो प्याकेज सहयोगी बन्ने हामीले विश्वास लिएका छौं ।’ 

You might also like

Comments are closed.