बुटवल । होटल दा फ्लेमिंगो बुटवल दोस्रो वर्षमा प्रवेश गरेको छ । वार्षिकोत्सवको अवसरमा होटलले शुक्रबार शुभकामना आदानप्रदान गरेको छ । त्यस्तै होटलका सञ्चालक दिलीप गौचनले सेवाग्राही, पर्यटक, कर्मचारी लगायत सम्पूर्ण शुभेच्छुकहरुमा आभार तथा कृतज्ञता ज्ञापन गरेका छन् ।

वार्षिकोत्सवको अवसरमा होटलले एक महिनासम्म सेवामा विशेष छुट प्रदान गर्ने भएको छ । रुममा २५ प्रतिशत र फुड एण्ड वेभरेजमा २० प्रतिशत छुट प्रदान हुने सेल्स एण्ड मार्केटिङ म्यानेजर प्रकाश खनालले जानकारी दिए । लुम्बिनी प्रदेशकै स्तरीय होटल मध्येमा पर्न सफल होटल दा फ्लेमिंगोले छिट्टै स्पा, साउना र स्टिम सञ्चालनको तयारीसमेत गरेको छ ।

होटलमा बुटवल क्षेत्रका स्थानीयदेखि बाहिरबाट आउने आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण देखिएको बताइएको छ । होटलमा स्विट, जुनियर स्विट, सुपर डिलक्स र डिलक्स गरी चार क्याटागोरीका ५२ वटा रुम छन् । होटलमा ४ सय जना क्षमताको बैंक्युट हल छ भने २ वटा कन्फरेन्स हल छन् । कन्फरेन्स हल सय जना क्षमताको र ३० जना क्षमताका छन् ।

होटलमा स्विमिङ पुल, जिम लगायतको सेवा उपलब्ध छन् । पर्याप्त पार्किङको सुविधा छ ।





Comments are closed.