काठमाडौं । लुम्बिनी प्रदेशको मुख्य व्यापारिक केन्द्र बुटवलमा सञ्चालित होटल दा फ्लेमिंगोले ‘झरी अफर’ ल्याएको छ । होटलले २ रात बस्दा एक रात निःशुल्क हुने गरी एउटा रुमको ९ हजार ९ सय ९९ रुपैयाँको प्याकेज ल्याएको सेल्स एण्ड मार्केटिङ म्यानेजर प्रकाश खनालले जानकारी दिए ।
यो अफर जुलाई अन्तिमसम्म लागु हुने बताइएको छ । अफरमा ब्रेकफास्ट समावेश गरिएको छ भने फुड एण्ड वेभरेजमा १० प्रतिशत छुटको व्यवस्था गरिएको छ । कोरोना महामारीको विषम परिस्थितिलाई मध्यनजर गरी होटलले सस्तो प्याकेज ल्याएको खनालले बताए ।
आन्तरिक तथा बाह्य पर्यटकका लागि स्तरीय सेवा प्रदान गर्ने लक्ष्यसहित बुटवलको योगिकुटीमा युवा व्यवसायी दिलीप गौचनले होटल सञ्चालनमा ल्याएका हुन् । बुटवल क्षेत्र तथा लुम्बिनी प्रदेशमा हुने सभा, सम्मेलन, सेमिनार तथा पार्टीहरुका लागिसमेत होटल उत्कृष्ट गन्तव्य बनेको गौचनले बताए । ‘हामीले स्तरीय सेवा प्रदान गर्ने गरी होटल सञ्चालनमा ल्याएका छौं,’ उनले भने ।

होटलमा स्विट, जुनियर स्विट, सुपर डिलक्स र डिलक्स गरी चार क्याटागोरीका ५१ वटा रुम छन् । होटलमा ४ सय जना क्षमताको एउटा बैंक्युट हल छ भने २ वटा कन्फरेन्स हल छन् । कन्फरेन्स हल सय जना क्षमताको र ३० जना क्षमताको छन् । होटलमा लाफेवा रेष्टुरेन्टमा ७० जनाको क्षमता छ भने क्याफेट्वान्टी फोरमा कफी, बेकरी आइटमको सुविधा उपलब्ध छ । भर्टिगो रुफटप बारमा ४० जनाको क्षमता छ ।





Comments are closed.