काठमाडौं । लुम्बिनी प्रदेशको मुख्य व्यापारिक केन्द्र बुटवलमा सञ्चालित होटल दा फ्लेमिंगोले विशेष छुटसहित ‘दसैं प्याकेज’ सार्वजनिक गरेको छ । होटलले प्रति व्यक्ति ३ हजार ९ सय ९९ रुपैयाँ र २ जनाका लागि ४ हजार ९ सय ९९ रुपैयाँको प्याकेज ल्याएको हो ।
प्याकेजभित्र वेलकम ड्रिङक्स, स्विमिङ पुलको निःशुल्क प्रयोग समावेश गरिएको छ । फुड एण्ड वेभरेजमा २० प्रतिशत छुट प्रदान गरिनेछ । लाफेवा रेष्टुरेन्टमा ब्रेकफास्ट लिन सकिन्छ भने एयरपोर्ट पिकअपको सुविधा पनि होटलले प्रदान गर्नेछ ।
दसैंमा लुम्बिनी घुम्न आउने पर्यटकहरुलाई यो प्याकेज निकै प्रभावकारी र सस्तो रहेको सञ्चालक दिलीप गौचन बताउँछन् । ‘बुटवल क्षेत्रकै सुविधा सम्पन्न होटलमा बसेर दसैं बिदामा रमाउन चाहने आन्तरिक पर्यटकले यो प्याकेजको लाभ लिन सक्ने हामीले विश्वास लिएका छौं,’ उनले भने ।

बुटवल क्षेत्र तथा लुम्बिनी प्रदेशमा हुने सभा, सम्मेलन, सेमिनार तथा पार्टीहरुका लागिसमेत होटल उत्कृष्ट गन्तव्य बनेको गौचनले बताए । ‘हामीले स्तरीय सेवा प्रदान गर्ने गरी होटल सञ्चालनमा ल्याएका छौं,’ उनले भने ।
होटलमा स्विट, जुनियर स्विट, सुपर डिलक्स र डिलक्स गरी चार क्याटागोरीका ५१ वटा रुम छन् । होटलमा बैंक्युट हल, कन्फरेन्स हलको सुविधा पनि छ । लाफेवा रेष्टुरेन्टमा ७० जनाको क्षमता छ भने क्याफेट्वान्टी फोरमा कफी, बेकरी आइटमको सुविधा उपलब्ध छ । भर्टिगो रुफटप बारमा ४० जनाको क्षमता छ ।




Comments are closed.