नागार्जुन क्षेत्रकै सुविधा सम्पन्न होटल सञ्चालनमा आउँदै

काठमाडौं । नागार्जुन क्षेत्रमा सुविधा सम्पन्न होटल सञ्चालनमा आउने भएको छ । युवा उद्यमी रमेश कोइरालासहित अन्य व्यवसायीहरुको संयुक्त लगानीमा होटल नागार्जुन प्यालेस सञ्चालनमा आउन लागेको हो । नौं रोपनी जग्गामा होटल निर्माण भएको छ । दसैं अगाडि नै होटलको प्रिओपनिङ हुने अध्यक्ष कोइरालाले जानकारी दिए ।

काठमाडौंको नजिक नागार्जुन नगरपालिकास्थित स्विर्जरल्याण्ड पार्कको आडमा होेटल निर्माण भएको छ । पहिलो चरणमा १८ वटा रुमबाट सेवा प्रदान हुने उनले बताए । कार्यक्रमका लागि २ वटा हलको सुविधा पनि हुनेछ । रेष्टुरेन्ट, बारको सुविधा पनि हुने उनले जानकारी दिए ।

आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरी होटल सञ्चालनमा आउन लागेको कोइरालाले बताए । ‘त्यस क्षेत्रको सुविधा सम्पन्न होटल सञ्चालनमा ल्याउन लागेका छौं,’ उनले भने, ‘जंगलसँगै जोडिएको होटलबाट वरपरको मनोरम दृश्यसँगै काठमाडौंको दृृश्य अवलोकन गर्न सकिन्छ ।’

footwear zone

काठमाडौं नजिक शान्त वातावरणमा सेवा लिन चाहने र बस्न चाहने पर्यटकका लागि होटल आकर्षक गन्तव्य बन्ने लगानीकर्ताहरुको विश्वास छ ।

दसैं अगाडि प्रिओपनिङ भएपनि ग्राण्ड ओपनिङ केही महिनापछि मात्रै हुने कोइरालाले जानकारी दिए । होटललाई दोस्रो चरणमा थप विस्तार गरिने बताइएको छ । दोस्रो चरणमा रुम, स्विमिङ पुल लगायत अन्य सेवा विस्ता हुने बताइएको छ ।

You might also like

Comments are closed.