होटल तालिम प्रदायक संघको अध्यक्षमा राना

पोखरा ।  होटल तालिम प्रदायक संघ नेपालको प्रथम साधारणसभा तथा अधिवेशनबाट अध्यक्षमा हिमालयन कलेज अफ हस्पिटालिटी म्यानेजमेन्टका प्रबन्ध निर्देशक ज्ञानबहादुर राना सर्वसम्मत चयनभएका छन् ।

शुक्रबार पोखराको पर्यटकीयस्थल काहुँडाँडामा भएको संघको प्रथम अधिवेशनबाट रानाको अध्यक्षतामा २ जना सदस्य पछि थप गर्ने गरी ९ जनाको नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको हो ।

अधिवेशनबाट समितिको उपाध्यक्षमा शेरसिंह गुरुङ, सचिवमा सम्मरबहादुर थापामगर, सह–सचिवमा दीपेन्द्र अधिकारी र कोषाध्यक्षमा महेश श्रेष्ठ चयन भएका छन् । त्यसैगरी, सदस्यहरूमा राजेन्द्र गुरुङ र दिनेश कुँवर चयन भएका छन् । विजय पौडेलको संयोजकत्वमा मोती श्रेष्ठ र मुकेश गुरुङ सदस्य रहेको निर्वाचन मण्डलले नयाँ कार्यसमिति चयन गराएको हो ।

footwear zone

समितिका पदाधिकारी तथा सदस्यहरूलाई बधाई तथा शुभकामना दिँदै पोखरा महानगरपालिका वडा नम्बर ११ का वडा सदस्य मीन गुरुङले संस्थाको सहयोगमा बेरोजगारी युवायुवतीहरूले आत्मनिर्भर हुने अवसर पाउने विश्वास व्यक्त गरेका थिए । आवश्यक परेको अवस्थामा महानगरले सहयोग गर्ने प्रतिबद्धता समेत उनले व्यक्त गरे । साधारणसभाले सचिव सम्मरबहादुर थापामगरले प्रस्तुत गरेको वार्षिक प्रगति प्रतिवेदन र कोषाध्यक्ष महेश श्रेष्ठले प्रस्तुत गरेकोे आर्थिक प्रतिवेदन सुझावसहित सर्वसम्मतिले पारित गरेको छ ।

You might also like

Comments are closed.