मानुङकोटमा पहिलो व्यवस्थित र सुविधासम्पन्न होटल भ्यूटावर निर्माण

तनहुँ । सामाजिक सञ्जालमा भाइरल बनेको तनहुँको व्यासनगरपालिका–५ स्थित मानुङकोट डाँडामा पहिलो व्यवस्थित र सुविधासम्पन्न होटल भ्यूटावर निर्माण गरिएको छ । दमौलीका बासिन्दा चुडामणि दाहाल, कुमार कञ्चन जिसी, प्रेम राउत र यज्ञ खनालको संयुक्त लगानीमा उक्त होटल निर्माण गरी सञ्चालनमा ल्याउने तयारी गरिएको हो । एक रोपनी जमिन खरिद गरी करिब ८५ लाख रुपैयाँको लागतमा होटल निर्माण गरिएको होटल सञ्चालक दाहालले जानकारी दिए ।

पारिवारिक वातावरणमा बस्न चाहनेका लागि चारवटा एट्याच शौचालयसहितको कोठा तथा स्नानगृह बनाइएकोे र समूहमा आउने कम्तीमा पचास जनासम्मलाई राख्न सक्ने क्षमता रहेको उनले बताए । उक्त होटलमा तालिम तथा गोष्ठीमा व्यवस्थित तरिकाले राख्न र सेवा प्रवाह गर्न सकिने भएको छ ।

जेनतेन बसौँ भने अहिले पनि आएर बस्न मिल्ने अवस्था भए पनि पूरै निर्माण सम्पन्न भइनसकेको र कम्तीमा हप्ता/दश दिनभित्रमा पूरा गर्ने योजना रहेको सञ्चालक दाहालले बताए । खानेपानीको चरम समस्या रहेको मानुङकोटमा पानीकै कारण त्यस क्षेत्रका बासिन्दा दमौलीबजार आसपास क्षेत्रमा बसाइँसराइ गरेका थिए ।

footwear zone

होटल सञ्चालनसँगै ट्याङ्करबाट पानी ल्याएर व्यवस्थित गरी ग्राहकलाई सेवा प्रवाह गरिने भएको छ । स्थानीय मगर समुदायका मौलिक खाना कोदोको ढिडो, लोकल कुखुराको मासु, गुन्दु्रक र स्थानीयस्तरमा उत्पादित प्राङ्गारिक तरकारीलाई प्राथमिकता दिइने अर्का सञ्चालक कुमार कञ्चन जिसीले जानकारी दिए ।केही काम निर्माणधीन अवस्थामा रहेकाले निर्माण भएपश्चात मगर समुदायका कला संस्कृति प्रस्तुत गरेर आगन्तुक पर्यटकलाई भरपूर मनोरञ्जन प्रदान गर्ने लक्ष्य रहेको अर्का सञ्चालक प्रेम राउतले बताए ।

उक्त होटलमा बसेर पर्यटकले दमौली बजारलगायत मनोरम दृश्य अवलोकन गर्न सक्नेछन् । तनहुँको सदरमुकाम दमौलीबाट करिब आठ किलोमिटर दूरीमा मानुङकोट अवस्थित छ । चापाघाटबाट मानुङकोटसम्मको सडक स्तरोन्नति गर्दै कालोपत्रका लागि व्यास नगरपालिकाले बजेट विनियोजन गरेकाले निर्माण कार्य भइरहेको छ । मानुङकोटमा सार्वजनिक शौचालय र खानेपानीको सुविधा पु¥याउन नगरपालिकाले प्राथामिकता दिँदै आएको छ ।

रासस

You might also like

Comments are closed.