काठमाडौं । काठमाडौंको ठमेलमा रहेको होटल जाम्पाले आन्तरिक पर्यटकलाई लक्षित गरी विशेष छुटसहितको प्याकेज सार्वजनिक गरेको छ । एक रातको लागि सिंगल अकुपेन्सीको ३ हजार रुपैयाँ, डबल अकुपेन्सीको ४ हजार रुपैयाँ र त्रिपल अकुपेन्सी ५ हजार रुपैयाँको प्याकेज होटलले सार्वजनिक गरेको हो ।

ठमेल क्षेत्रको उत्कृष्ट होटलमा पर्ने होटल जाम्पाले करिब ५० प्रतिशत छुटसहितको प्याकेज सार्वजनिक गरेको हो । ब्रेकफास्ट र ट्याक्स यही शुल्कमा समावेश गरिएको प्रमुख कार्यकारी अधिकृत प्रकाश लामाले आर्थिक आवाजलाई जानकारी दिए ।

‘छुटका कारण आन्तरिक पर्यटकको होटलमा आकर्षण बढ्ने विश्वास लिएका छौं,’ लामाले भने, ‘यो अफर डिसेम्बरसम्म लागु हुनेछ ।’ होटलमा ३८ वटा रुम छन् । लिफ्टको सुविधा रहेको होटलमा डिलक्स, सुपर डिलक्स, स्विट र फेमिली रुम छन् । गार्डेन र पार्किङको सुविधा रहेको होटलमा ८० जना क्षमताको रेष्टुरेन्ट पनि छ ।









Comments are closed.