काठमाडौं । हुन्डाई गाडीको नेपालका लागि आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लि.ले नयाँ वर्ष २०७९ को अवसरमा विशेष छुटसहितको अफर ल्याएको छ । ग्राहकको सुविधालाई ध्यानमा राख्दै अफर ल्याइएको कम्पनीले जनाएको छ ।
अफर अन्तर्गत हुन्डाई गाडी खरिदमा ग्राहकले ४ लाख रुपैयाँसम्म नगद छुट पाउन सक्नेछन् । त्यस्तै नयाँ वर्ष बोनस ७९ हजार रुपैयाँ, एक्स्चेन्ज बोनस ७९ हजार रुपैयाँ प्रदान हुनेछ । मोडल इअर डिस्काउन्ट ९९ हजार रुपैयाँ हुने कम्पनीले जनाएको छ ।
एक वर्षसम्म निःशुल्क बीमा तथा सवारी करको सुविधा उपलब्ध हुनेछ भने तुरुन्तै मूल्यांकन तथा एक्स्चेन्ज सुविधा उपलब्ध हुनेछ । हुन्डाईका ग्राहकले ६ वर्षसम्म फ्रि सर्भिसिङ सुविधा पाउनेछन् भने ३ वर्ष वारेन्टी सुविधा उपलब्ध हुनेछ ।






Comments are closed.