पर्यावरणमैत्री कार्यक्रम गर्दै हुन्डाई नेपाल, रातेमाटे डाँडामा रोपियो २०० विरुवा

काठमाडौं । हुन्डाई नेपालले काठमाडौंको बुढानिलकण्ठस्थित रातेमाटे डाँडामा २ सय वटा विरुवा रोपेको छ ।

२०४५ सम्म कार्वन न्युट्रल गर्ने हुन्डाईको लक्ष्य अनुसार हुन्डाई नेपालले पनि पर्यावरणमैत्री कार्यक्रम गर्दै आइरहेको छ । यसैक्रममा शनिबार विभिन्न प्रजातिका विरुवा रोपिएको हुन्डाई नेपालका मार्केटिङ एण्ड कम्प्युनिकेसन म्यानेजर सन्दीप शर्माले जानकारी दिए ।

हुन्डाईको इभी शोरुम थापाथलीबाट र्‍यालीसहित सहभागीहरु राटेमोटे डाँडा पुगेका थिए । थापाथली, नारायणचौर, बालुवाटार, महाराजगन्ज, नारायण गोपालचोक, गंगालाल हस्पिटल, स्पेसलचोक, चुन्नीखुले हुँदै रातेमाटे डाँडासम्म पुगेको र्यालीमा ४० वटा भन्दा बढी इभी सहभागी थिए ।

footwear zone

१८ किलोमिटर दुरीको राइडपछि उक्त स्थानमा वृक्षरोपण गरियो । र्‍यालीमा कोना, आयोनिक र आयोजिक गाडीको सहभागिता थियो । ‘विभिन्न उमेर समूहका ग्राहकहरु र्‍याली सहभागी भएर कार्यक्रम सफल बनाउन योगदान पुर्याउनुभयो,’ शर्माले भने ।

कम्प्युनिटी फरेस्ट र हुन्डाइ नेपालको सहकार्यमा कार्यक्रम भएको हो । हुन्डाई नेपालले पर्यावरण मैत्री कार्यक्रमहरु निरन्तर गरिरहने शर्माले जानकारी दिए ।

You might also like

Comments are closed.