नयाँ हुन्डाई भरना कार भारतमा लन्च, यस्ता छन् विशेषता

काठमाडौं ।  भारतीय बजारमा हुन्डाईले नयाँ भरना कारलाई लन्च गरेको छ । हुन्डाईले अपडेट गरिएको नयाँ भरना ४ भेरिएन्टमा  लन्च गरेको हो ।

नयाँ हुन्डाई भरनामा १०.२५ इन्चको एचडी टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, स्विच गर्न मिल्ने इन्फोटेनमेन्ट र एसी स्विच कन्ट्रोलर, ६४ रङको एम्बियन्ट लाइटिङ, तातो र चिसो सिट, इलेक्ट्रिक सनरुफ, पावर एड्जस्टेबल ड्राइभर सिट जस्ता फिचर रहेको छ ।

सो कारमा १.५ लिटर पेट्रोल इन्जिन जडान गरेको छ जसले ११५ एचपी पावर र १४४ एनएमको टर्क जेनेरेट गर्छ ।यसको १.५ लिटर टर्बो–पेट्रोल इन्जिनले १६० एचपीको पावर र २५३ एनएमको टर्क जेनेरेट गर्छ ।

footwear zone

त्यस्तै, नयाँ भरनामा ब्लूलिंक कनेक्टेड टेक्नोलोजी, बोस प्रिमियम अडियो सिस्टम, स्मार्ट ट्रंक, इन्टेरियरमा १०.२५ इन्च डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर, ड्युअल टोन ब्ल्याक एन्ड ह्वाइट इन्टेरियर, भेन्टिलेटेड फ्रन्ट सिट जस्ता फिचर पनि दिइएको छ ।

सेफ्टीको लागि कारमा एड्भान्स ड्राइभर असिस्टेन्स सिस्टम, इमर्जेन्सी ब्रेकिङ, लेन किप असिस्ट, एडेप्टिभ क्रुज कन्ट्रोल, ६ वटा एयरब्याग, एबीएस सहित ईबीडी, ट्रयाक्सन कन्ट्रोल आदि दिइएको छ ।

कारमा ६ स्पिड म्यानुअल गियरबक्स र टर्बो पेट्रोल इन्जिनमा ७ स्पिड डीसीटी गियरबक्स दिइएको छ । साथै कारमा सीभीटी गियरबक्सको विकल्प पनि दिइएको छ ।कम्पनीले यसमा डिजेल इन्जिनको विकल्प दिएको छैन ।सो कारको ८ हजार युनिट बुकिङ पनि भइसकेको छ ।

You might also like

Comments are closed.