काठमाडौं । हुन्डाई नेपालले भदौ २१ देखि सार्वजनिक गरेको फेष्टिभ डिलाइट अन्तर्गत बम्पर प्राइज रहेको हुन्डाई एक्स्टर एसयुभीलाई सार्वजनिक गरेको छ । नाडा अटो शो २०२३ को अवसरमा अर्थमन्त्री प्रकाश शरण महतले उक्त प्राइज सार्वजनिक गरेका हुन् ।
हुन्डाई फेष्टिभ डिलाइट २०८० अन्तर्गत कुनै पनि हुन्डाई गाडीको खरीदमा ६ लाख रुपैयाँसम्मको आकर्षक नगद छुट पाउनेछन् । स्क्र्याच कार्ड मार्फत थप १ लाख रुपैयाँसम्मको नगद तथा १ वर्षको लागि निःशुल्क सवारी वीमा तथा सवारी कर सुविधा पनि प्राप्त गर्न सक्नेछन् ।
आफ्ना ग्राहकको सन्तुष्टिको निमित्त हुन्डाईले सदैव समय सापेक्षिक ग्राहक लक्षित योजनाहरु सार्वजनिक गर्दै आइरहेको जनाएको छ । यही क्रममा फेष्टिभ डिलाइट २०८० योजना अन्तर्गत बम्पर प्राइजमा हुन्डाई एक्स्टर प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ

नाडा अटो शोमा हुन्डाईको बि५ स्टल भ्रमण गरेर हुन्डाईका विभिन्न उत्पादनहरुको जिज्ञासाहरु पनि मेट्न सकिने जनाइएको छ । सबै हुन्डाईका गाडीमा ३ वर्ष वारेन्टी र ६ वर्षको फ्रि सर्भिसिङ उपलब्ध छ । यो योजना छठ पर्वसम्म लागू हुनेछ ।




Comments are closed.