विभिन्न अफरसहित आईफोन १३ को प्रि–बुकिंग घोषणा

काठमाडौैं । नेपालमा एप्पलको लागी एकमात्र आधिकारिक राष्ट्रिय वितरक जेनेरेसन नेक्स्ट कम्युनिकेशन प्राइभेट लिमिटेड वा जेनएक्सटीले हालै आईफोन १३ सिरिजको लागी आफ्नो प्रि–बुकिंगको घोषणा गरेको छ । आईफोन १३ ले अमेरिकामा २४ सेप्टेम्बर २०२१ बाट आफ्नो सिपिंगको सुरूवात गर्यो र यसको वितरण नेपालमा २९ अक्टोबर २०२१ बाट सुरु हुदैछ ।

यो वर्ष यसको लन्च अघिल्लो वर्षको तुलनामा छिटो रहेको छ । यसको पहिलो लट सीमित स्टकका साथ प्रि–बुकिंगको माध्यमबाट उपलब्ध हुनेछ । ग्राहकहरुले आईएमई पे एप्लिकेसनको उपयोग गरी आफ्नो नयाँ आईफोनहरुको प्रि–बुकिंग गर्न सक्नेछन् जहाँ उनीहरुले ३० हजारभन्दा माथिको नगदको विभिन्न अफरहरु प्राप्त गर्नेछन् जसमा थुप्रै डिस्काउन्ट कुपनहरु उनीहरुले विभिन्न स्थानबाट पाउनेछन् जसमा रोडहाउस क्याफे (१०% छुट), द एभरेस्ट होटल (१५% छुट), बिइन्ग ह्युमन नेपाल (१०% छुट), भेन्चुरिनी सुज (१०% छुट), राइट च्वाइस नेपाल (२५ % अफ ), बाइकर्स मार्ट (१०% छूट), अर्बन फुड (१५% छुट), नील डेभिडको सैलुन (१०% छुट), केज फिटनेस (२०% छुट) र अप्सन दरबारमार्गमा (५०% सम्मको छुट) रहेका छन् । यस बाहेक यसमा एक वर्षको निःशुल्क ब्रेकरेज बिमा र सम्पूर्ण लाइनअपको लागी १ बर्ष को वारेन्टी पनि उपलब्ध रहेको छ ।

उत्पादनहरुको तोकिएको मूल्य तल दिइएको छ र यो ग्रे बजारको वर्तमान मूल्यहरुको तुलनामा धेरै प्रतिस्पर्धात्मक रहेको छ र केहि मोडलहरुको लागी भारतीय आरआरपी मूल्य निर्धारणको तुलनामा अधिक उचित पनि रहेको छ । वर्तमान लाइनअप रहेको यसको बेस मोडल १२८ जीबीकोे साथ सम्पूर्ण १३ सिरिजको लागी शुरू गरीएको छ जुन आईफोन १२ लाइनअपको ६४ जीबी भन्दा धेरै राम्रो रहेको छ । नयाँ मोडेलमा मुख्य बिशेषता भनेको यसको क्यामेरा हो जसमा एक सिनेम्याटिक मोडको सुविधा पनि रहेको छ जसले यसलाई एक प्रोफेसनल भिडियो क्यामेराको रूपमा दाबी गरेको छ – जुन ४ के भिडियोहरुकोे लागी पनि निकै उपयुक्त रहेको छ ।

footwear zone

यसको अर्को ठूलो बिशेषता भनेको प्रो मोडेलमा रहेको १२० हर्ट्ज प्रो मोशन डिस्प्ले हो जुन सबै ग्राहकहरुको लागि निकै नै उपयुक्त रहेको हुन्छ । आईफोनमा रहेका नचहरु साना छन् र क्यामेरा मोड्युलहरु धेरै ठूलो छन् जसले गर्दा यसलाई अहिले सम्म कै सबै भन्दा राम्रो आईफोन एप्पल बनाएको छ ।
कसरी गर्न सकिन्छ प्रि–बुकिंग ?
आइएमई पे एप्लिकेसन डाउनलोड गर्ने
आफ्नो विवरणहरु रेजिस्टर गर्नुहोस् र आफ्नो अकाउन्ट बनाउने
यसको होमपेजमा रहेको “प्रि–बुक योर आइ–फोन १३ नाउ” ब्यानरमा क्लिक गर्ने
आफ्नो नाम, फोन नम्बर र इमेल एड्रेस इन्टर गर्ने
आफ्नोे पहुँचको लागि सबैभन्दा नजिक रहेको ठाउँ अनुसार ड्रपडाउन लिस्टको सूचीबाट खुद्रा विव्रmेताहरुको चयन गर्ने
रु ९,९९९/-को प्रि–बुकिंग मूल्यलाई कन्फर्म गर्ने र आइएमई पे एपबाट पैँसा तिर्ने

आइ–फोन १३ कहिले प्राप्त हुन्छ ?
यसको वितरण अक्टोबर २९ बाट सुरु हुनेछ तर सीमित स्टक मात्र उपलब्ध भएको कारण जसले पहिले प्रि बुकिंग गरेकोछ उसले नै सबैभन्दा सुरुमा आफ्नो आइ–फोन प्राप्त गर्नेछन् । थप गरिएको फ्रिबिजको बारेमा बुझ्न ड्रपडाउन सूचीबाट छनोट गरिएकोे खुद्रा विक्रेतालाई सम्पर्क गर्न सकिनेछ साथै आफ्नोे आईफोन प्राप्त गर्ने समयको बारे पनि जानकारी पाउन सकिनेछ ।

आइफोन १३ १२८ जीबीको मूल्य १ लाख ३७ हजार ९ सय ९० रुपैयाँ रहेको छ । २५६ जीबीको १ लाख ५४ हजार ९ सय ९०, त्यसैगरि ५१२ जीबीको १ लाख ८९ हजार ९ सय ९० रुपैयाँ रहेको छ ।

आइफोन १३ मिनी १२८ जीबीको मूल्य १ लाख २० हजार ९ सय ९० रुपैयाँ रहेको छ । २५६ जीबीको १ लाख ३७ हजार ९ सय ९० र ५१२ जीबी १ लाख ७१ हजार ९ सय ९० रुपैयाँ रहेको छ ।

आइफोन १३ प्रो १२८ जीबीको मूल्य १ लाख ७४ हजार ९ सय ९० रुपैयाँ, २५६ जीबीको १ लाख ८९ हजार ९ सय ९० रुपैयाँ, ५१२ जीबीको २ लाख२४ हजार ९ सय ९० रुपैयाँ र १ टीबीको २ लाख ५५ हजार ९ सय ९० रुपैयाँ रहेको छ ।

आइफोन १३ प्रो म्याक्स १२८ जीबीको मूल्य १ लाख ८९ हजार ९ सय ९०, २५६ जीबीको २ लाख ५हजार ९ सय ९०, ५१२ जीबीको २ लाख ३९ हजार ९ सय ९० र १ टीबीको २ लाख ७४ हजार ९ सय ९० रुपैया रहेको छ ।

 

 

 

You might also like

Comments are closed.