आइएमई र यूएनसिडिएफबीच अनुसन्धान समझदारी

काठमाडौं । आइएमई र युनाइटेड नेशन क्यापिटल डेभलपमेन्ट फण्ड (यूएनसिडिएफ) बीच अनुसन्धान समझदारी भएको छ । समझदारीअनुसार सूचना प्रविधिको विकाससँगै डिजिटल वालेटमा रेमिट्यान्सको आप्रवाह बढाउन दुवै संस्थाहरूबीच सहकार्य हुनेछ । यो सम्झौता विशेषतः महिला रेमिट्यान्स प्राप्त कर्ताहरूका समस्या र ती समस्याहरूको न्यूनीकरणमा बढी केन्द्रीत हुनेछ ।

डिजिटल वालेटमा महिलाको पहुँच अभिवृद्धि गर्न र ग्रामिण क्षेत्रमा रहँदै आएको बैंकिङ पहुँचको कमजोर अवस्थामा सुधार ल्याउनसमेत यो समझदारी उपयोगी हुने विश्वास गरिएको छ । महिलाहरूको वित्तीय पहुँच अभिवृद्धि गर्ने उद्देश्यसमेत यो समझदारीमा समेटिएको छ । यस समझदारी पछि नेपाल सरकारले अघि सारेको डिजिटल नेपाल र वित्तीय समावेशीकरणमा थप सहयोग पुग्ने विश्वास दुवै संस्थाले लिएका छन् ।

समझदारी पछि आयोजित एक विशेष कार्यक्रमलाई शुभकामना सन्देश पठाउँदै आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले आइएमईका शुरुवाती दिनको स्मरण गर्दै आज रेमिट्यान्स सेवा उद्यमको रूपमा विकसित भइ नागरिकको शिक्षा, स्वास्थ्यलगायतका गुणस्तरीय जीवनयापनको माध्यम बन्नुका साथै राष्ट्रको अर्थतन्त्रको मुख्य स्रोत बनेको उल्लेख गरे ।

footwear zone

कार्यक्रमलाई सम्बोधन गर्दै आइएमई ग्रुपका प्रवन्ध निर्देशक हेमराज ढकालले आइएमई ग्रुपले सुरक्षित भुक्तानीका लागि पूर्वाधारहरू निर्माण गरिरहेको जानकारी दिँदै युएनसीडीएफसँगको सहकार्यले वैदेशिक रोजगारीमा गएका सम्पूर्ण परिवारहरूलाई रेमिट्यान्स सेवाका लागि डिजिटल वालेटमा आकर्षित गर्ने विश्वास व्यक्त गरे ।

सन् २०२१ को शुरूवातदेखि आइएमई र यूएनसिडिएफले वैदेशिक रोजगारीमा गएका परिवारको हितका लागि सहकार्य गर्दै आइरहेका गरेका छन् । सर्वेक्षण एवम् अनुसन्धानका माध्यमबाट ग्राहकका समस्या बुझ्न र विशेषतः रेमिट्यान्स प्राप्त कर्ताहरूका समस्या पहिचान गरी ग्राहक प्रोफाइलको निर्माण गरिने उद्देश्य यसपटकको समझदारीमा उल्लेख गरिएको छ ।

रेमिट्यान्स नेपालको अर्थतन्त्र र जनताका लागि जीवन रेखा हो । आइएमईले सन् २०२० देखि विद्यमान अन्तर्राष्ट्रिय रेमिट्यान्स सेवामा मोबाइल वालेट सेवाहरू संयोजन गरी नेपालमा रेमिट्यान्स आप्रवाहको अवस्थालाई झनै सहज बनाउँदै आएको छ । यसबाट ग्राहकहरूले अन्तर्राष्ट्रिय रेमिट्यान्स ट्रान्सफरहरू सिधैं उनीहरूको मोबाइल वालेटमा प्राप्त गर्न सक्ने गरी अध्यावधिक गरिँदै आएको छ ।

कोभिड–१९ को महामारी र त्यसको परिणामस्वरूप आइएमईले डिजिटल रेमिट्यान्स सेवालाई मुख्य प्राथमिकता दिँदै आइरहेको छ । तुलनात्मक रूपमा डिजिटल वालेटमा महिलाको कमजोर पहुँचका कारण बहुसंख्यक महिला रेमिट्यान्स प्राप्त कर्ता प्रभावित हुन्छन् कि भन्ने सन्दर्भमा आइएमई र यूएनसिडिएफले डिजिटल वालेटमा महिलाहरूको पहुँच अभिवृद्धिमा विद्यमान अवरोधहरू हटाउन सहकार्य गरेका हुन् ।

आइएमईले यूएनसिडिएफसँगको सहकार्यमा मंगलबारदेखि दुई दिवसीय डाटा एनालिटिक्स र मानव केन्द्रित उत्पादन विकास कार्यशाला राजधानी काठमाडौंमा आयोजना ग¥यो । आइएमईद्वारा आयोजित अध्ययन र कार्यशाला यूएनसिडिएफसँगको सहकार्यमा सम्पन्न भएको थियो ।

You might also like

Comments are closed.