आइएमईद्वारा एक सयभन्दा बढी राफ्ट इलेक्ट्रिक स्कुटर बिक्री

काठमाडौं । आइएमई ग्रुपद्वारा प्रवद्र्धित आइएमई इलेक्ट्रिकले चाडपर्वमा एक सयभन्दा बढी युनिट र्याफ्ट इलेक्ट्रिक स्कुटर बिक्री गरेको छ ।

राफ्ट मोटर्समा ६ वटा भन्दा बढी मोडलका इलेक्ट्रिक स्कुटरहरू छन् जसको दायरा एकै पटक चार्जमा ३ सय २० किलोमिटरसम्म पुग्छ । उचित मूल्य, धेरै राम्रो कि.मि दायरा, विश्वसनीयता र धेरै आकर्षक लुक्सका कारण राफ्ट स्कुटर छोटो अवधिमा नेपालमा अत्यन्त लोकप्रिय भएको छ ।

पेट्रोल स्कुटरको तुलनामा राफ्ट इलेक्ट्रिक स्कुटर चलाउन प्रति किलोमिटर ३० पैसाभन्दा कम खर्च हुने, तीन वर्ष भित्र उपभोक्ताले करिब दुई लाख पचास हजार बचत गरि व्यावहारिक रूपमा स्कुटरको लगभग पूरा लागत फिर्ता हुने सम्भावना रहन्छ ।

footwear zone

फायरपु्रफ ब्याट्री, रिभर्स गियर, हाईट एडजसटेबल शोक्क अब्सोर्बर्, मल्टी मोड्स अफ ड्राईभिङ्ग, द्रुत चार्जको लागि १० एम्प चार्जर्, राम्रो सुरक्षाको लागि बाक्लो बडी, कि-लेस स्टार्ट, डीआरएल हेडलाइट, थेफ्ट अलार्म, डिजिटल डिस्प्ले, रिमोट लकिङ, अटोमेटिक चार्जर कट-अफ, इन्डिकेटर बज्जर, रिजेनेरेटिभ ब्रेकिङ सिस्टम, पोर्टेबल ब्याट्री र अन्य धेरै सुविधाहरू राफ्ट स्कुटरमा उपलब्ध छन् ।

आइएमई इलेक्ट्रिकका प्रमुख कार्यकारी अधिकृत हेमन्त पुराणिकका अनुसार मूल्य र किलोमिटर दायराको सन्दर्भमा उत्कृष्ट संयोजन भएको राफ्ट स्कुटरको मूल्य मात्र  एक लाख उनान्सय हजार रुपैयाँ मात्र हो । नेपालको बजारमा सबैभन्दा किफायती इलेक्ट्रिक स्कुटरहरू मध्ये एक हो राफ्ट ले एकपटकको चार्जमा ३ सय २० किलोमिटर सम्मको माइलेज दिन्छ । जुन नेपालको सबैभन्दा उच्च किलोमिटर माइलेज हो । यसका अतिरिक्त, हामीसँग उत्कृष्ट सुविधाहरू उपलब्ध छन् । फलस्वरूप, ग्राहक र डिलरहरूले हाम्रो अटोमोबाइललाई लोकप्रियतामा ठूलो वृद्धि दिइरहेका छन् ।

बिक्री, सेवा र स्पेयर पार्ट्सका साथ आइएमई इलेक्ट्रिकले सक्रिय रूपमा आफ्नो नेटवर्क विस्तार गर्दै आएको छ । यसका अहिले नेपालमा १० भन्दा बढी डिलर छन् ।आइएमई अटोमोबाइल कम्पनीको इलेक्ट्रिक भेहिकल डिभिजन, आइएमई इलेक्ट्रिकले नेपालमा राफ्ट इलेक्ट्रिक दुई पाङ्ग्रे सवारीसाधन बिक्री गर्न थालेको छ र निकट भविष्यमा चारपाङ्ग्रे यात्रुवाहक कार र व्यावसायिक सवारी साधनहरूमा विस्तार गर्ने महत्वाकांक्षी योजनाहरू रहेको छ ।

राफ्ट मोटर्स भारतका शीर्ष १० विद्युतीय दुई पाङ्ग्रे सवारी उत्पादकहरू मध्ये एक हो र यसले राम्रो विश्वसनीयता र उत्कृष्ट सम्भावित सुविधाहरू सहित गुणस्तरीय सवारी साधनहरू उपलब्ध गराउँदै आएको छ । जिज्ञासाको लागि पोन सम्पर्क गर्न सकिने छ ।आइएमई ग्रुपद्वारा प्रवद्र्धित आइएमई इलेक्ट्रिक नेपालमा र्याफ्ट मोटर्सको एकमात्र आधिकारिक वितरक हो ।

You might also like

Comments are closed.