तेस्रो आइएमई जेटीआई ग्राण्ड जुनियर ओपन टेनिस चैत १७ देखि

 

काठमाडौं । तेस्रो आइएमई जेटीआई ग्राण्ड जुनियर ओपन टेनिस प्रतियोगिता– २०२१ हुने भएको छ । काठमाडौंस्थित मण्डीखाटार टेनिस क्लबमा यही चैत १७ गतेदेखि २२ गतेसम्म प्रतियोगिता आयोजना गर्न लागिएको हो ।

संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत प्रतियोगिता आयोजना गरिएका आइएमई ग्रुपले जनाएको छ । उक्त प्रतियोगितामा यू ८–यू १६ उमेर समूहका खेलाडीहरूले भाग लिन सक्नेछन् ।

footwear zone

प्रतियोगितामा भाग लिन इच्छुक खेलाडीका लागि दशरथ रङ्गशाला टेनिस कम्प्लेक्स त्रिपुरेश्वर, नेपाल टेनिस संघ सातदोबाटो, कास्की जिल्ला टेनिस संघ पोखरा, रूपन्देही लन टेनिस संघ बुटवल, मण्डीखाटार टेनिस क्लब काठमाडौं र नाउलिङ सपोर्टस भिल्ला काठमाडौंबाट आवेदन फारम भर्न सक्ने व्यवस्था मिलाइएको छ ।

You might also like

Comments are closed.