आइएमई पे र निसर्ग अस्पतालबीच छुट सम्झौता

काठमाडौं । ‘आइएमई पे’ र निसर्ग अस्पतालबीच छुट प्रदान गर्ने सम्झौता भएको छ । सम्झौता अनुसार अब निसर्ग अस्पतालमा आइएमई पे मार्फत भुक्तानी गर्ने ग्राहकले २५ प्रतिशत सम्म छुट प्राप्त गर्ने छन् ।

सम्झौता पत्रमा निसर्ग अस्पतालको तर्फबाट तीर्थ राज पन्त र आइएमई डिजिटल सोलुसन लिमिटेडको तर्फबाट जगदीश अवस्थीले हस्ताक्षर गरेका छन् ।

उक्त सम्झौता अन्तर्गत निसर्ग अस्पतालको विभिन्न सेवा सुबिधा प्रयोग गरी आइएमई पे मार्फत भुक्तानी गर्दा सुबिधा बमोजिम ५ देखि २५ प्रतिशतसम्म छुट प्रदान गरिने बताइएको छ । सो छुट १ वर्षका लागि लागु हुनेछ।

footwear zone

You might also like

Comments are closed.