वार्षिकोत्सवमा आइएमईको रेमिट्यान्स सचेतना प्रभातफेरी

काठमाडौं । २३औं वर्ष प्रवेशको अवसरमा आइएमई लिमिटेडले शनिवार बिहान प्रभातफेरीको आयोजना गरेको छ । ‘निरन्तर सहयात्रा विश्वासको’ भन्ने मूल नाराका डिजिटल रेमिटेन्सको प्रवर्दन तथा रेमिट्यान्स गर्दा औपचारिक माध्यमको प्रयोगसम्बन्धी सचेतना जगाउने उद्देश्यले प्रभातफेरीको आयोजना गरिएको कम्पनीले जानकारी दिएको छ ।

आइएमई ग्रुपका अध्यक्ष चन्द्र प्रसाद ढकाल तथा प्रबन्ध निर्देशक हेम राज ढकालको नेतृत्वमा गरिएको प्रभातफेरिमा ‘सुरक्षित रेमिटेन्स, सुरक्षित भविष्य’, ‘रेमिटेन्स गर्दा डिजिटल माध्यमको प्रयोग गरौं’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका ४०० भन्दा बढि कर्मचारीहरुको सभागिता रहेको थियो । प्रभातफेरीमा चर्चित कलाकार तथा आइएमईका ब्राण्ड एम्बेसडर दिपकाराज गिरी र दिपाश्री निरौला पनि सहभागी थिए ।

प्रभातफेरीको उद्घाटन गर्दै अध्यक्ष ढकालले आइएमईलाई सबैभन्दा धेरै रेमिटेन्स भिœयाउने कम्पनी बनाउन महत्वपूर्ण योगदान गर्नुहुने सम्पुर्ण सेवाग्राहीहरु, नियामक निकायहरु तथा कर्मचारीहरुलाई कृतज्ञता व्यक्त गरेका थिए ।

footwear zone

हरेक वर्ष आइएमईले स्थापना दिवसको अवसरमा सचेतना मुलक प्रभातफेरी आयोजना गर्दै आएको छ ।

You might also like

Comments are closed.