‘आइएमई पे’ मा आयो एअरलाईन्स टिकटमा क्यासब्याकको बहार

काठमाडौं ।  ‘आइएमई पे’ ले असार महिनामा मनसुनलाई लक्षित गर्दै आइएमई पे मा ‘क्यासब्याकको वर्षा’ अभियान सार्वजनिक गरेको छ । यसै सन्दर्भमा, यो हप्ता असार ३ देखी आइएमई पे ले एअरलाईन्समा क्यासब्याकको वर्षा सुरु गरेको छ ।

एक हप्ताको लागि चल्ने सो अफरमा ग्राहकले प्रत्येक दिन साँझको ४ बजे देखी साँझको ६ बजेसम्म कुनैपनि एअरलाईन्सको टिकट काट्दा रु २०० क्यासब्याक पाउने छन् ।

सो अन्तराल भित्रमा एअरलाईन्सको टिकट काट्ने ग्राहकले प्रोमोकोडहरुको प्रयोग गरेर पाउने छुट सहित यो छुट पनि पाउने छन् । यो अफर असार ९ गते सम्मका लागि मात्र रहनेछ ।

footwear zone
Cash back ko barsa
You might also like

Comments are closed.