आइएमई जनरल इन्स्योरेन्सद्वारा नेपाल क्यान्सर हस्पिटललाई आर्थिक सहयोग

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स लिमिटेडद्वारा आर्थिकरुपले विपन्न क्यान्सर पिडित बिरामीहरुको उपचारको लागि आर्थिक सहयोग प्रदान गरेको छ ।

इन्स्योरेन्सले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत नेपाल क्यान्सर हस्पिटल हरिसिद्धि ललिपुरलाई दुई लाख ५० हजार रुपैयाँ आर्थिक सहयोग गरेको हो ।

उक्त अवसरमा कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत शरण रेग्मीले नेपाल क्यान्सर हस्पिटलका प्रमुख कार्यकारी अधिकृत डा. बच्चु कैलाश कैलीलाई चेक हस्तान्तरण गरेका हुन् । ।

footwear zone

सोही अवसरमा अस्पतालबाट आर्थिक रुपले विपन्न नेपाली दाजु भाई तथा दिदी बहिनीहरुलाई क्यान्सर जस्तो घातक रोग लाग्दा निशुल्क रुपमा उपचार गर्ने कार्य गरेकोमा नेपाल क्यान्सर हस्पिटलका सेयर धनी तथा व्यवस्थापन समूहलाई धन्यवाद दिँदै यस्तो पुण्य कार्यमा  इन्स्योरेन्सको तर्फबाट सानो आर्थिक सहयोग गर्न पाएकोमा खुशी व्यक्त गरे । नेपाल क्यान्सर हस्पिटलले कम्जोर आर्थिक स्थिति भएका क्यान्सर रोगी बिरामीहरुको निशुल्क रुपमा उपचार गरिरहेको छ ।

 

You might also like

Comments are closed.