आईएमएफले गर्‍यो २०२३ को आर्थिक वृद्धि दरको प्रक्षेपण सार्वजनिक

काठमाडौं ।  आईएमएफको २०२३ को आर्थिक वृद्धि दरको प्रक्षेपण सार्वजनिक गरेको छ ।

मंगलबार सार्वजनिक भएको प्रक्षेपणमा विश्व अर्थतन्त्रको वृद्धि आगामी वर्ष अझ सुस्त हुने अन्तराष्ट्रिय मुद्रा कोषले (आइएमएफ)ले जनाएको छ ।

उक्त सार्वजनक प्रक्षेपणमा विश्व अर्थतन्त्रमा नराम्रो अवस्था आउन अझै बाँकी रहेको बताएको छ । आईएमएफले सार्वजनिक गरेको प्रक्षेपण अनुसार सन २०२३ मा अमेरिकाको आर्थिक वृद्धि दर १ प्रतिशत मात्र हुने छ भने जर्मनीको आर्थिक वृद्धि दर ०.३ प्रतिशतले घट्ने छ त्यस्तै इटालीको पनि आर्थिक वृद्धि दर ०.२ प्रतिशतले घट्ने प्रक्षेपण गरेको छ ।

footwear zone

त्यस्तै, फ्रान्सको आर्थीक बृद्धि ०.७ प्रतिशत रहने, स्पेनको आर्थिक १.२ प्रतिशत, जापानको आर्थिक वृद्धि १.६ प्रतिशत, यु।के।को ०.३ प्रतिशत, क्यानडाको १.५ प्रतिशत, चिनको ४.४ प्रतिशत, भारतको ६.१ प्रतिशत र ब्राजिलको १ प्रतिशतले आर्थिक वृद्धिहुने जनाएको आईएमएफले जनाएको छ ।

त्यसैगरी, युद्धमा होमिएको रुसको भने आर्थिक वृद्धिदर २ं.३ प्रतिशतले घट्ने आईएमएफले प्रक्षेपणमा उल्लेख गरेको छ ।

 

You might also like

Comments are closed.