कोरोनाको कारण लक्ष्य अनुसारको आम्दानी हुन सकेन

दमौली । तनहुँको व्यास नगरपालिकाले १५ करोड भन्दा बढी आन्तरिक आम्दानी गरेको छ । नगरपालिकाले आर्थिक वर्ष २०७७/७८ मा १५ करोड चार लाख १७ हजार ७ सय १० रुपैयाँ आन्तरिक आम्दानी गरेको हो ।

उक्त अवधिमा २० करोड ४७ लाख आन्तरिक आम्दानी गर्ने लक्ष्य भए पनि कोरोना कहरका कारण लक्ष्य अनुसारको आन्तरिक आम्दानी हुन नसकेको व्यास नगरपालिकाका प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए । व्यास नगरपालिका जिल्लाका स्थानीय तहमध्ये सबैभन्दा बढी आन्तरिक आम्दानी गर्ने पालिका हो ।

नगरपालिकाले सम्पत्ति, मालपोत, घरबहाल कर, प्राकृतिक स्रोतसाधन लगायतबाट आन्तरिक आय सङ्कलन गर्दै आएको छ । नगरपालिकाले सबैभन्दा बढी प्राकृतिक स्रोतसाधनबाट पाँच करोड २५ लाख ३७ हजार ४० रुपैयाँ सङ्कलन गरेको छ । नगरपालिकाले प्राकृतिक स्रोतसाधनबाट नौ करोड ८० लाख आन्तरिक आय हुने लक्ष्य राखेको थियो ।

footwear zone

सम्पत्तिकर एक करोड १४ लाख २० हजार ७ सय ८४ रुपैयाँ, मालपोतबाट ५३ लाख ४६ हजार ९ सय २७, घरबहालबाट ७५ लाख ९६ हजार ४ सय २५, घरभाडा करबाट एक करोड ६५ लाख ९८ हजार ६ सय २२, मेसिनरी उपकरणबाट ५९ हजार ३ सय, लिलाम बिक्रीबाट २४ हजार, मिलापत्रबाट २२ हजार ५ सय २०, सिफारिसबाट एक करोड २८ लाख पाँच हजार दुई सय १६, विविध फारमबाट दश लाख दुई हजार ७ सय ८१, अन्य प्रशासनिक सेवाबाट ६८ लाख ३७ हजार ६ सय ३७, सवारी पार्किङबाट आठ लाख १७ हजार ९० सङ्कलन गरेको छ ।

घरनक्शा पासबाट एक करोड ४१ लाख ५२ हजार २ सय ३०, नाता प्रमाणितबाट दुई लाख ६७ हजार ७ सय ३५, अन्य विविधबाट चार लाख ८६ हजार १ सय २० र दर्ता र नवीकरणबाट १९ लाख ३३ हजार एक सय रुपैयाँ सङ्कलन भएको छ । त्यस्तै दण्डजरीवानाबाट छ लाख १५ हजार एक सय ४१, धरौटी सदरस्यबाट १६ लाख ३४ हजार ६ सय १९, सरसफाइबाट ६५ लाख ७३ हजार ४ सय ८९, स्थानीय वातावरण शुल्कबाट ७६ लाख ५९ हजार २ सय ३७, व्यवसाय करबाट १८ लाख ९८ हजार १ सय २ रुपैयाँ सङ्कलन भएको छ । नगरपालिकाले सम्पत्ति करमा लक्ष्यभन्दा बढी राजश्व सङ्कलन गर्न सफल भएको छ ।

सम्पत्ति करबाट एक करोड ११ लाख सङ्कलन गर्ने लक्ष्य रहेकामा चार लाख २० हजार ७ सय ८४ रुपैयाँ बढी सङ्कलन भएको छ । मालपोत करबाट ५० लाख सङ्कलन गर्ने लक्ष्य रहेकामा तीन लाख ४६ हजार ९ सय २७ रुपैयाँ बढी सङ्कलन भएको छ । घरबहाल करमा भने लक्ष्यभन्दा कम सङ्कलन भएको छ । एक करोड ५० लाख रुपैयाँ सङ्कलनको लक्ष्य रहेकामा ७४ लाख तीन हजार ५ सय ७५ कम सङ्कलन भएको छ । प्राकृतिक स्रोतसाधनबाट पनि लक्ष्यभन्दा कम राजश्व सङ्कलन भएको छ । नौ करोड ८० लाख सङ्कलनको लक्ष्य रहेकामा चार करोड ५४ लाख ६२ हजार ९ सय ६० रुपैयाँ कम राजस्व सङ्कलन भएको छ । सिफारिसबाट रु एक करोड सङ्कलनको लक्ष्य रहेकामा २८ लाख पाँच हजार २ सय १६ रुपैयाँ बढी सङ्कलन भएको छ । अन्य प्रशासनिक सेवाबाट ३३ लाख रुपैयाँ सङ्कलनको लक्ष्य रहेकोमा ३५ लाख ३७ हजार ६ सय ३७ बढी सङ्कलन भएको नगरपालिकाले जनाएको छ ।

सरसफाइतर्फ ५० लाखको लक्ष्य रहेकामा १५ लाख ७३ हजार ४ सय ८९ बढी सङ्कलन भएको छ भने स्थानीय वातावरणतर्फ एक करोडको लक्ष्य रहेकामा २३ लाख ४० हजार ७ सय २७ कम सङ्कलन भएको छ ।

You might also like

Comments are closed.