भारतद्वारा गहुँ निर्यातमा रोक, विश्वभर बढ्यो भाउ

दिल्ली । भारतले यतिबेला गहुँ निर्यातमा रोक लगाएको छ । जारी रुस- युक्रेन युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा खाद्यान्नको अभाव हुन सक्ने भन्दै भातरले यतिबेला गहुँ निर्यातमा रोक लगाएको छ । भारतले गहुँ निर्यातमा रोग लगाएसँगै यतिबेला विश्व बजारमा गहुँको मूल्य निकै बढेको छ ।

यतिबेला विश्वबजारमा गहुँको मूल्य ६० प्रतिशतभन्दा बढीले उकालो लागेको स्थिती छ । अन्तर्राष्ट्रिय बजारमा गहुँको प्रयोग रोटी बनाउनेदेखि नूडल्सलगातका खाद्य वस्तु उत्पादनमा प्रयोग गरिन्छ ।

भारतले गत साता आन्तरिक बजारमा मूल्य बढेको भन्दै गहुँको निर्यात रोक्ने निर्णय गरेको थियो । खासगरी, रुस–युक्रेन युद्धका कारण यतिबेला विश्वभर गहुँको आपूर्ति व्यवस्था खलबलिएको छ । मूल्यवृद्धि भएसँगै भारतले आन्तरिक माग पुरा गर्न भन्दै निर्यातमा प्रतिबन्ध लगाएको हो ।

footwear zone

भारतको गहुँ निर्यात प्रतिबन्ध लगाउने निर्णयसँगै जर्मनीका कृषि तथा खाद्य मन्त्री केम ओज्डेमिरले त्यसको विरोध गरेका छन् । उनले जी सेभेनको सभामा बोल्दै भनेका छन्, ‘यदी सबै मुलुकले आफ्नो आवश्यक्ता पुरा गर्न निर्यात बन्द गर्ने हो भने आगामी दिनमा नराम्रो स्थिती आउन सक्छ ।’

You might also like

Comments are closed.