विदुरको शुभघाटमा औद्योगिक ग्राम बनाइने

 

विदुर ।  नुवाकोटको विदुर नगरपालिका–१० स्थित शुभघाटमा औद्योगिक ग्राम सञ्चालन गरिने भएको छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको औद्योगिक ग्राम घोषणा तथा सञ्चालनसम्बन्धी कार्यविधि, २०७५ को दफा ३ अनुसार २०७६ साल पुस ७ गते बसेको नगरपालिकाको बैठकले शुभघाटको कित्ता नं १२८६ मा औद्योगिक ग्राम निर्माण गर्ने निर्णय गरेको थियो । सोही निर्णयानुसार ०७६ साल माघ २६ मा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, वाग्मती प्रदेशलाई उक्त जग्गाको उपयुक्तताका साथै कार्यपालिकाको निर्णयसहित नगरपालिकाले पत्राचार गरी पठाएको विदुर नगरपालिकाका प्रमुख सञ्जु पण्डितले जानकारी दिए ।

footwear zone

प्रमुख पण्डितका अनुसार उक्त जग्गा घना मानव बस्तीभन्दा एक किमी र अन्तर्राष्ट्रिय सीमाभन्दा २०० सय मीटरभन्दा बढीको दूरीमा छ ।

स्थानीय स्रोतसाधन, कच्चापदार्थ, प्रविधि र सीपको परिचालन, साना लघु, घरेलु तथा साना उद्योगमा लगानी वृद्धि तथा उद्योगको स्थापना, विकास र प्रवद्र्धन गरी बेरोजगार युवालाई रोजगारको सिर्जना गर्नाका साथै नगरमा छरिएर रहेको उद्योगलाई एकीकृत गरी व्यवस्थित गर्दै उत्पादन र उत्पादकत्व अभिवृद्धिका लागि औद्योगिक ग्रामको स्थापना हुन जरुरी रहेको उनको भनाइ छ ।

You might also like

Comments are closed.