कर्णालीमा प्रविधियुक्त सुरक्षा ग्याविन वायर इण्डस्ट्रिज

कर्णाली । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री जीवनबहादुर शाहीले कर्णालीमै पहिलो अत्याधुनिक प्रविधियुक्त सुरक्षा ग्याविन वायर इण्डस्ट्रिज प्रालिको समुद्घाटन गरेका छन् ।

प्रदेश राजधानी वीरेन्द्रनगर सुर्खेतको औद्योगिक क्षेत्र परिसरमा तीन रोपनी जग्गामा स्थापना गरिएको इण्डस्ट्रिजको शुभारम्भ गर्दै उनले निजी क्षेत्रको लगानीमा सुरु भएको उद्योगले कर्णालीको आर्थिक समृद्धिमा सघाउ पुग्ने बताए । उनले इण्डस्ट्रिज स्थापनाले कर्णालीमा रोजगारीका अवसर सिर्जना हुने जनाए ।

“कर्णाली प्रदेशको आर्थिक समृद्धिको आयाम उद्योग व्यवसाय सञ्चालनका लागि प्रदेश सरकारले लगानीमैत्री नीति तर्जुमा गर्न लागेको छ”, मुख्यमन्त्री शाहीले भने, “प्रदेश सरकारको सहयोगीका रुपमा स्थापना भएको सुरक्षा ग्याविन वायर इण्डस्ट्रिज प्रालि वीरेन्द्रनगरलाई प्रगतिको शुभकामना छ ।”

footwear zone

निजी क्षेत्रद्वारा स्थापित आर्थिक वृद्धिको मेरुदण्डका रुपमा मानिएको यस इण्डस्ट्रिजबाट दैनिक नौ हजार ६ सय ग्याविन एवं दुई हजार घेराबार जाली उत्पादन हुने र गुणस्तरीय निर्माण सामग्रीको सहज र सुलभ दरमा उपलब्ध हुने बताइएको छ । प्रदेश सरकारले इण्डस्ट्रिजको विकासका लागि आवश्यक सहयोग गर्ने जनाएको छ ।

You might also like

Comments are closed.