लुम्बिनी जनरल र सगरमाथा इन्स्योरेन्स मर्ज हुने

काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लि. र सगरमाथा इन्स्योरेन्स कम्पनी लि. मर्ज हुने भएका छन्। दुबै संस्थाहरुबीच मंगलवार होटल र्‍याडिसन, लाजिम्पाट, काठमाडौंमा एक कार्यक्रम आयोजना गरी दुबै कम्पनीहरु एक आपसमा गाभ्ने तथा गाभिने सम्बन्धमा अन्तिम सम्झौता भएको हो।

सम्झौतामा लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीका तर्फबाट अध्यक्ष मनोहर दास मुल र सगरमाथा इन्स्योरेन्स कम्पनीका तर्फबाट अध्यक्ष रामकृष्ण मानन्धरले हस्ताक्षर गरेका छन्। कार्यक्रममा दुबै कम्पनीका सञ्चालकहरु, प्रमुख कार्यकारी अधिकृतहरुलगायतका पदाधिकारीहरु समेतको उपस्थिति रहेको थियो ।

उक्त सम्झौताअनुसार दुवै कम्पनी एकआपसमा गाभिए पश्चात बन्ने कम्पनीको नाम सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड रहने सहमती भएको छ । मर्जर सम्बन्धी विशेष प्रस्ताव दुवै कम्पनीको आगामी हुने साधारण सभामा लगिनेछ।

footwear zone

त्यसैगरी दुवै कम्पनीका बीचमा भएको प्रारम्भिक सहमती एवं डिडिए रिर्पोट समेतका आधारमा सगरमाथा इन्स्योरेन्स कम्पनी र लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीको सेयर आदान प्रदान अनुपात क्रमश १०० : ८० कायम रहनेछ । मर्जर पश्चात कायम हुने कम्पनीको चुक्ता पूँजी दुई अर्ब ६२ करोड २६ लाख ३८ हजार एक सय ९५ रुपैयाँ कायम रहने छ।

You might also like

Comments are closed.