‘हिमाल र हिमालीको जीवन्त उदाहरण पर्वतीय सङ्ग्रहालय’

 

गण्डकी । गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालय हिमाल र हिमालीको अवस्था एवं संस्कृतिको जीवन्त उदाहरण भएको बताएका छन् । नेपाल पर्वतारोहण सङ्घद्वारा पोखरा महानगरपालिका–१७ रातोपैह्रामा सञ्चालित पर्वतीय सङ्ग्रहालयको स्थलगत अवलोकन गर्दै उनले सङ्ग्रहालयलाई थप व्यवस्थित गर्नुपर्ने आवश्यकता औँल्याए ।

सङ्ग्रहालयमा प्रदर्शित विभिन्न जातजातिसहितको मानवकक्ष, पर्वतीय हिमशृङ्खला, हिमाल आरोहणका गतिविधि, भौगोलिक कक्षलगायतको रुचिपूर्वक अवलोकन गर्दै उनले मुलुकको गहनाका रूपमा रहेको सङ्ग्रहालयको उचित प्रचारप्रसार गर्दै विश्वका पर्यटकको आकर्षण गन्तव्यका रूपमा विकास गर्नुपर्नेमा जोड दिए ।

footwear zone

कोरोना कहरका कारण चार महिनादेखि बन्द भएको सो सङ्ग्रहालयमा भदौ २३ गतेदेखि सर्वसाधारणका लागि खुला गरिएसँगै दैनिक ७० जनाको हाराहारी आन्तरिक एवं बाह्य पर्यटकले टिकट काटेर अध्ययन अवलोकन गर्दै आएको कर्मचारी सरिता कँडेलले जानकारी गराएकी थिइन् । सङ्ग्रहालय प्रवेशका लागि विद्याथीलार्ई रु ५०, नेपालीका हकमा रु १००, सार्क राष्ट्रका नागरिकका लागि रु २५० र बाह्य पर्यटकका लागि रु ५०० टिकटको व्यवस्था गरिएको छ ।

You might also like

Comments are closed.