भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीको आजदेखि आइपीओ खुला

काठमाडौं । भूगोल इनर्जी डेभलपमेन्ट कम्पनी लिमिटेडले आजदेखि आइपीओ खुला गरेको छ ।

कम्पनीले जारी पूँजी ५४ करोड ४० लाख ५३ हजार ४०० रुपैयाँको ३० प्रतिशतले दरले हुन आउने १६ करोड ३२ लाख १६ हजार रुपैयाँ बराबरको १०० रूपैयाँ अंकित दरको १६ लाख ३२ हजार १६० कित्ता सेयर निष्कासनमा ल्याएको हो ।

जसमध्ये १० प्रतिशत अर्थात ५ करोड ४४ लाख ५ हजार ३०० रुपैयाँ बराबरको ५ लाख ४४ हजार ५३ कित्ता सेयर आयोजना प्रभावित स्थानीय बासिन्दालाई निष्कासन गरेकोमा ८५ हजार २० कित्ता सेयर मात्रै बिक्री भएको थियो ।

footwear zone

कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगारी गरिरहेका नेपालीहरुका लागि आइपीओ निष्कासन गरेपश्चात बिहीबारदेखि सर्वसाधारणका लागि आइपीओ निष्कासन गरेको हो ।

यस्तै कम्पनीको जारी पूँजीको २० प्रतिशत अर्थात १० करोड ८८ लाख १० हजार ७०० रुपैयाँ बराबरको १०० रुपैयाँ अंकित दरका १० लाख ८८ हजार १०७ कित्ता सेयर मध्ये १ लाख ८ हजार ८११ कित्ता साधारण सेयर श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगारी गरिरहेका नेपाली तथा कर्मचारीहरुका लागि एवम् ७१ हजार ९१६ कित्ता सामूहिक लगानी कोषको लागि सुरक्षित राखिएकाे छ ।

You might also like

Comments are closed.